china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको शन यांगस्थित गणतन्त्र कोरियाली अन्तर्राष्ट्रिय विद्यालयसम्बन्धी विषयको पहिलो भाग
    (GMT+08:00) 2009-07-10 10:02:40    

                उत्तर पूर्वी चीनको शन यांग शहर गणतन्त्र कोरियाको निकै नजिकमा छ। त्यसैले धेरै गणतन्त्र कोरियालीहरु यहाँ काम गर्न र बसोबास गर्न आएका छन्। गणतन्त्र कोरियाली केटाकेटीहरुको अध्ययनको चिन्ता हटाउनका लागि हाल शन यांग शहरमा गणतन्त्र कोरिया अन्तर्राष्ट्रिय विद्यालयको स्थापना भयो। आजको कार्यक्रममा हामी यही विद्यालय गएर केही अनुभव गर्नेछौं।

               गणतन्त्र कोरियाली अन्तर्राष्ट्रिय विद्यालयको तेस्रो कक्षाको चिनियाँ भाषा कक्षामा पाँचजना गणतन्त्र कोरियाली केटाकेटी शिक्षकको सहयोगमा चिनियाँ भाषा सिकिरहेका छन्।

                यो विद्यालय शन यांगको एउटा शान्ति गल्लीमा परेको छ। चिनियाँ भाषाद्बारा लेखिएको शन यांग गणतन्त्र कोरियाली अन्तर्राष्ट्रिय विद्यालयको साइन बोर्ड विद्यालयको ढोकाको माथि झुण्ड्याइएको छ। विद्यालय पसेर मानिसलाई आनन्द र खुसी लागेको छ। विभिन्न मुलुकका शिक्षक-शिक्षिका तथा गणतन्त्र कोरियाली विद्यार्थीहरु निकै दयालु छन्। हामीले विद्यालय प्रमुखको कार्यालयमा सो विद्यालयका प्रमुख श्री सुंग रुंग सोलाई देखेका छौं। उहाँ एकजना वयोवृद्ध व्यक्ति हुनुहुन्छ। उहाँको मुहारमा सधैं हँसिलोपन छ। प्रमुख सुंगले हाम्रा सम्बाददातासित कुराकानी गर्दै सो विद्यालयको स्थापनाको कारणबारे जानकारी दिनुभयोः

                चीनमा लगानी गर्ने गणतन्त्र कोरियाली व्यापारी बढेका हुनाले गणतन्त्र कोरियालीहरुको संख्या बढ्नुका साथसाथै गणतन्त्र कोरियाली केटा केटीहरुको शिक्षामा समस्या परेको थियो। ती केटाकेटीहरुको उमेर अपेक्षाकृत सानो भएकाले उनीहरु यहाँको वातावरणसित अनुकुल हुने क्षमता त्यति नराम्रो थिएन। यस समस्याको समाधानका लागि यो विद्यालयको स्थापना भएको हो।

                प्रमुख सुंगको जानकारीकाअनुसार, सो विद्यालय सन् 2006 मा परीक्षणका रुपमा संचालन भएको हो। दुइ वर्षको शैक्षिक सर्वेक्षण तथा विकासपछि गणतन्त्र कोरियाली अन्तर्राष्ट्रिय विद्यालयले सन् 2008को मार्च महिनामा चीनको शिक्षा मन्त्रालयको अनुमोदन प्राप्त गरेर औपचारिक रुपमा संचालन गरेको छ।

                शन यांग सरकार तथा समाजका विभिन्न पक्षहरुले गणतन्त्र कोरियाली अन्तर्राष्ट्रिय विद्यालयको स्थापनाको समर्थन गरेका छन। शन यांगमा लगानी गर्ने व्यापारीहरु तथा शन यांगमा काम गरिरहेका गणतन्त्र कोरियालीहरुले यसप्रति धन्यवाद ज्ञापन गरेका छन्।

                शन यांग गणतन्त्र कोरियाली अन्तर्राष्ट्रिय विद्यालय किन्डरगार्डेन, प्राथमिक विद्यालय र माध्यमिक विद्यालयमा विभाजन भएको छ। विद्यालयको क्षेत्रफल त्यति ठूलो नभएतापनि विद्यालयमा कम्प्युटर कक्ष, चलचित्र कक्ष, संगीत कक्ष, नृत्य कक्ष, प्रयोगशाला, पुस्तकालय आदि रहेका छन्। यसबाट विद्यार्थीहरुको आफ्नो उत्सुकताको विकासका लागि फराकिलो चौतारो प्राप्त भएको छ। शन यांगमा झन झन बढी गणतन्त्र कोरियालीहरुले सो विद्यालयलाई मन पराउँनुका साथसाथै विद्यालयमा भर्ना हुने विद्यार्थीहरुको संख्या क्रमशः बढेको छ। विद्यालयका प्रमुख सुंगले दिनुभएका जानकारीअनुसार, आगामी केही वर्षमा एक हजार दुइ सय विद्यार्थीहरु बसोबास गर्ने भवनको निर्माण हुनेछ। उहाँको विचारमा भूगोलमा चीन र गणतन्त्र कोरिया नजिक हुनुका साथै यी दुइ वटा मुलुकको संस्कृतिमा पनि निकै समानता छ। यसकारण नै सो विद्यालय राम्ररी विकास भएको हो। चीनको संस्कृति र चिनियाँहरुले प्रमुख सुंगको मनमा राम्रो छाप पारेको छ।

                म चीनको संस्कृति मन पराउँछु। मेरो विचारमा चिनियाँहरुलाई कुरकानी र आदानप्रदान मनपर्छ। यसैले मलाई राम्रो लागेको छ। यसका साथै चिनियाँहरुले अरु मानिस, अझसम्म चिन्ननसक्ने मानिसलाई पनि हेरविचार गरेका छन। चीन र गणतन्त्र कोरियाको संबन्धको इतिहास निकै लामो रहेको छ। विदेशीहरु चिनियाँहरु तथा गणतन्त्र कोरियालीहरु आपसमा घुलमिल भएका छन। चीन र गणतन्त्र कोरियाबीचको सम्बन्ध निकै नजिक छ।

    क्रमशः

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040