china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विभिन्न किसिमका मूलाका भिन्नै क्षमतासम्बन्धी तेस्रो भाग
    (GMT+08:00) 2009-07-15 10:29:42    

          घाँटी रोग सम्बन्धी चीनका प्रसिद्ध विशेषज्ञ कङ्ग च्यान थिङ्गले पुराना मूलाहरुबाट निस्केका मलिला टुसा वा साना पातहरुको प्रयोग गरेर धेरै सफलता प्राप्त गर्दै आउनुभएको छ।

           उहाँले बसन्त ऋतुताका अघिल्लो सालको हिउँद ऋतुमा राखिएका पुराना मूलाहरुबाट निस्केका टुसाहरुलाई जडीबूटीमा राखी नाना किसिमका रोगहरुको कारणले घाँटी सुनिने रोग र निल्न गाह्रो हुने रोग वा पेटको वायु आउने रोगहरुको उपचार गर्ने क्रममा निकै धेरै एवम् स्पष्ट फायदा प्राप्त भएको र चमत्कार नतीजा प्राप्त गर्न सकिन्छ भन्ने कुरा गर्नुहुन्छ।

           मूला भनेको चीनको राष्ट्रिय तरकारी हो। यो मूल्यवान र गुण चमत्कारी छ। चीनको चाउ राज्य वंश अर्थात् ईसा पूर्व सात सय एकहत्तर सालताकदेखि फराकिलो क्षेत्रफलमा रोप्न थालिनुका साथै क्रमशः साधारण कृषकहरुको खाने टेबुलबाट बढेर दरवारका भोजहरुमा पनि राखिएको देखिन्थ्यो।

          प्राप्त सामग्रीका अनुसार एक किलो ताजा मूलामा रहेको भिटामिन cको मात्रा तीस ग्रामभन्दा कम हुदैन। यदि मानिसको शरिरमा रहेको गाजरको तत्वको परिमाण अभाव वा कम भएमा भिटामिन A को अभावलाई प्रत्याभूति गर्न सकिन्दैन। जसले गर्दा आँखा सुक्खा हुन्छ। छाला खस्रो छ।

          शरिरमा रहेका मसिना मसिना रौंका प्वालहरु थुनिन सजिलो हुन्छ र राति आँखा देख्न नसकिने जस्ता रोग लाग्छ। यदि भिटामिन cको मात्राको अभाव वा कम भएमा शरिर कम्जोर हुन्छ। शरिरबाट रगत निस्कन्छ। हडी नरम हुन्छ र चोट लागेको घाउ निको हुन गाह्रो हुन्छ।

          आवश्यक मात्रामा मूला खाने हो भने शरिरसित सम्बन्धित पदार्थहरुसहित अन्य तत्वहरुको मात्रालाई बढाउन सकिन्छ र मानिसहरुको साधारण रुपमा हुर्कने र बढ्ने-सप्रनेतर्फ प्रत्याभूति गर्न सकिन्छ। उपर्युक्त फायदाहरुको अतिरिक्त यता केही वर्षदेखि चीन र अरु विदेशका सम्बन्धी एकाइहरुले अनुसन्धान गरी के प्रमाण दिएका छन् भने बढी मूला खाएमा मानिसहरुका मुख्य रक्त नलीहरुमा रहेका खोले जस्ता बाक्लो रगत उत्पन्न हुने कुरालाई रोक्न सकिन्छ र रक्त चापलाई कम पार्न सकिन्छ।

           कुरा कहाँसम्म भने मानिसहरुको आयुलाई लम्ब्याइदिनेतर्फ पनि केही भूमिका खेल्न सक्छ। त्यसै भएको हुनाले अनेकौं यूरोपेली र अफ्रिकाली मुलुकहरुका जनताहरुमाझ मूला खाने जन लहर उत्पन्न भएको देखिन्छ।

          याद गर्नुहोस् कि हिउँद ऋतुमा बढी मूला खान नबिसर्नुहोस्। यही हाम्रो आशा हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040