 तीस वर्ष उमेरकी गणतन्त्र कोरियाली शिक्षिका बाक येओन हि चीन आएको आठ वर्ष भयो। उहाँले चीनप्रति गहिरो अनुभव प्राप्त गर्नुभएको छ।
म चीन आएको बेलामा गणतन्त्र कोरियाको तुलनामा चीन पछि भएको अनुभव गरेको थिएँ। तर अहिले चीनको अर्थतन्त्र द्रूत रुपमा विकसित भएर गणतन्त्र कोरिया जस्तै भएको छ। जीवनस्तर र बजारको पक्षमा केहि पनि भिन्नता छैन। निर्माणबस्तु र राज-मार्ग निकै सुन्दर छन्। चिनियाँहरुले मेरो स्वागत मात्र गरेका छैनन् दयालु भावना पनि देखाएका छन। चिनियाँहरुले मसित कुराकानी गर्दै विस्तार विस्तार आफ्नो कुरा बताएका छन। मेरा साथीहरु पनि चीन आउन इच्छुक छन्।
शिक्षिका बाक येओन हिले हालको शैक्षिक वातावरणलाई मन पराउनुभएको छ। चीन-गणतन्त्र कोरिया अन्तर्राष्ट्रिय विद्यालयका हरेक कक्षामा बीस जनाभन्दा बढी केटाकेटी पढ्छन् । यसरी शिक्षक-शिक्षिकाले विद्यार्थीहरुसित अझ बढी सम्पर्क राख्न सकिन्छ। अन्तर्वार्ताको क्रममा हामीले शिक्षिका बाक येओन हिका श्रीमान र छोरा-छोरी पनि चीनमा रहनुभएको जानकारी पाएका छौं। उहाँकी छोरी पनि गणतन्त्र कोरियाली अन्तर्राष्ट्रिय विद्यालयमा पढिरहेकी छिन्।
मेरी छोरीले यहाँ तेस्रो कक्षामा पढिरहेकी छिन। उनलाई यो विद्यालय निकै मनपर्छ। किनकि उनले यहाँ गणतन्त्र कोरियाली भाषा, अंग्रेजी भाषा र चिनियाँ भाषा मात्र नभई पियानो बाजा, नृत्यसम्बन्धी विषय पनि सिक्न सक्छिन्। गणतन्त्र कोरियाको शिक्षाको तुलनामा यहाँ हासिल गरिएको शिक्षा अझ राम्रो छ।

सो विद्यालयका विद्यार्थीहरु निकै फुर्तिला छन्। खेल मैदान र शैक्षिक भवनमा उनीहरु हाँसेको आवाज कहिलेकाहीँ सुन्न सकिन्छ। गणतन्त्र कोरियाली अन्तर्राष्ट्रिय विद्यालयले स्वतन्त्रता र खुलापनको शैक्षिक उद्देश्यले विद्यार्थीहरुलाई असल शिक्षा दिएको छ। यसबाट विद्यार्थीहरु आफ्नो भावना र उत्सुकता पर्याप्त मात्रामा देखाउन सक्छन् । यसैगरी विद्यार्थीहरुको सिर्जनात्मक शक्ति पर्याप्त रहेको छ। लि ताए ख्युन चीन आएको सात वर्ष भइसक्यो। उनी अहिले अन्तर्राष्ट्रिय विद्यालयअन्तर्गत माध्यमिक विद्यालयमा पढिरहेका छन्। उनको उत्साह र लगनले हाम्रो मन छोएको छ।
म चीन आएको बेला मेरो चिनियाँ भाषा राम्रो थिएन। त्यसैले मैले केही मिलनसार चिनियाँ साथीहरु खोजेको थिएँ। उनीहरुसितको आदानप्रदानमार्फत मेरो चिनियाँ भाषाको स्तर विस्तारै उकासिएको छ। वाणिज्य दूताबासमा काम गर्ने मेरो इच्छा छ। मैले भविष्यमा एक कुटनैतिक पदाधिकारी हुनका लागि प्रयास गर्नुपर्छ।
सो विद्यालयका प्रमुख सुंगले दिनुभएको जानकारीअनुसार, चीनमा शिक्षा हासिल गरेका गणतन्त्र कोरियाली केटाकेटीहरू गणतन्त्र कोरियामा शिक्षा हासिल गरेकाभन्दा अन्तर्राष्ट्रिय परिवारमा अझ छिटो तथा अझ राम्रोसँग घुलमिल हुन सक्छन्। फरक सांस्कृतिक वातावरणमा विभिन्न उठ-बस तरिका तथा विभिन्न विचार उपायको अनुभव गर्नसक्छन्। सानो उमेरदेखि एक्लो जीवन बिताउने तथा समाजसित अनुकुल हुने बानी पनि बसाल्न सक्छन्। यो कुरा मानिसको जीवनका लागि मूल्यवान तथा महत्वपूर्ण सम्पत्ति पनि हो।

चीनको शिक्षा मन्त्रालयले स्वीकार गरेको शन यांगमा रहेको गणतन्त्र कोरियाली विद्यालय यो पहिलो हो। विद्यालयका प्रमुख सुंग रुंग सोले विदेशमा विद्यालयको स्थापनाको भविष्यप्रति विश्वास गर्नुभएको छ। गणतन्त्र कोरियाली विद्यालयको उद्येश्य चाहिं गणतन्त्र कोरियाली विद्यालयमा हुर्काउने विद्यार्थीहरु विश्वका प्रसिद्ध विश्वविद्यालयमा भर्ना गराउनु तथा विद्यार्थीहरुद्बारा चीन र गणतन्त्र कोरियाबीचका धेरै क्षेत्रको आदानप्रदानमा पुलको भूमिका निर्वाह गर्नु हो।
|