china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जीउको तापक्रम सम्बन्धित मापदण्डमा पुग्नुपर्छ भन्ने विषयको पहिलो भाग
    (GMT+08:00) 2009-07-22 15:16:42    

          मान्छेको स्वास्थ्यसम्बन्धी जाँचबुझ मापदण्ड विभिन्न प्रकारका हुन्छन्। तर धेरैजनालाई थाहा छैन होला, जीउको तापक्रम सम्बन्धित मापदण्डमा पुगेको छ कि छैन भन्ने कुरा। जीउको तापक्रम पनि ती जाँचबुझ मापदण्डहरुमध्येको एक हो। जाडोयाममा कुनै मान्छेको जीउको तापक्रम ज्यादै कम भएमा हात, खुट्टा अझ विशेष गरी पेट दु:ख्ने , काँधमा बिसञ्चो हुने र सजिलोसँग रुघा लाग्ने असामान्य अवस्था देखा पर्छ। चिकित्सकका अनुसार, उक्त असामान्य अवस्था सम्भवत: शरिरका कुनै अङ्ग विशेषत: मिर्गौलामा बिसञ्चो अथवा रोग उत्पन्न भएको संकेत हो। यसै कारण उक्त असामान्य अवस्था देखा परेमा आफ्नो शरीरको निकै ख्याल-विचार गर्नुपर्छ।

          वैज्ञानिक अनुसन्धानबाट के प्रमाणित भएको छ भने जीउको तापक्रम निकै कम भएमा मानिसको स्नायु-प्रणालीको क्षमता र होर्मोनको सन्तुलनमा पनि केही नकारात्मक असर पर्ने छ। त्यसपछि काँध बेसञ्चो हुने, टाउको दुख्ने र हात तथा खुट्टा निकै चिसो हुने जस्ता नराम्रो अवस्था देखा पर्ने सम्भावना हुन्छ। यसबाहेक, जीउको तापक्रम ज्यादै कम भएमा शरिरका विभिन्न इन्द्रियहरुको क्षमताका लागि पनि खतरा हुन्छ। जीउको तापक्रममा आवश्यक डीग्री भन्दा क्रमशः घट्यो भने पाचन-शक्ति पनि ढिलो हुने गर्दछ। त्यसले मानिसलाई निद्रा लाग्ने, दिशा गर्न गाह्रो हुने र पिसापको मात्रा कम हुने लगायतका असामान्य अवस्था पनि देखा पर्ने सम्भवना हुनेछन्।

          जीउको तापक्रम निकै कम भएमा शरीरमा रोगको प्रतिरोध गर्ने शक्ति र क्षमता पनि कमजोर हुन्छ। जीउको तापक्रमको डिग्री क्रमशः घट्यो भने सेतो रक्त कोशिकाद्बारा उपलब्ध गराइने प्रतिरोधात्मक शक्तिमा सैंतीस प्रतिशतले घट्ने सम्भावना हुन्छ। त्यले जीउको तापक्रम कम भएका मान्छेका लागि ऋतु फेरिने बेलामा सजिलैसँग रुघा लाग्नेहुन्छ। त्यसैगरी जीउको तापक्रम बढी भयो भने पनि राम्रो होइन। किनकि जीउको तापक्रम क्रमशः बढ्यो भने शरीरमा लाग्ने रोगको दर बाह्र प्रतिशतले वृद्धि हुनेछ। शरिरमा भएका उर्जाहरु अति धेरै खर्च भएमा शरीरका विभिन्न किसिमका क्षमताहरु पनि कम हुनुका साथै छालाको गुणस्तर पनि तल झर्ने सम्भावना हुन्छ।

          वैज्ञानिक दृष्टिकोणबाट हेर्दा जीउको तापक्रम छतीस दशमलब पाँचदेखि सैंतीस दशमलब पाँच डिग्री फरेन्हाइट सम्मको स्तरमा रहँदा शरीरका विभिन्न अङ्गहरुले अपेक्षाकृत रुपमा राम्रोसँग काम गर्नसक्छ। शरीरका विभिन्न अङ्ग सुचारु र राम्रोसँग चलिरहेमा मानिसका लागि अझ जीवन्त शक्ति उपलब्ध गराउन, दिशा गर्न गाह्रो हुने समस्याको समाधान गर्न र पेटमा बढी ग्यांस हुने रोगको निवारण गर्नका लागि सघाउ पुग्नेछ। साथै जीउको तापक्रम छतीस दशमलब पाँच डिग्री फरेन्हाइट पुग्यो भने हरेक मिनेटमा मुटुको गति पनि दश धड्कन बढ्नेछ। अनि मान्छेको जीउमा ताजा अक्सिजन भरिपूर्ण हुनेछ। यसका साथै रक्त नलीहरु पनि नरम हुने भएकाले रगतलाई निर्वाध रुपमा शरीरका विभिन्न ठाउँतर्फ पुर्‍याउनसक्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040