
चीनका विभिन्न स्थानको वैज्ञानिक तथा प्राविधिक विभागले उच्च तथा नयाँ प्रविधिलाई व्यवसायीकरण तर्फ लैजानका लागि रकम तथा प्रणालीसम्बन्धी नीति क्रमशः सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय बैंकिङ संकट निरन्तर व्यापक भइरहेको अवस्थामा चीनको उच्च तथा नयाँ प्राविधिक व्यवसाय द्रूत गतिले विकसित भएको छ। यस कार्यक्रममा हामी यस विषयबारे चर्चा गर्नेछौं।
पूर्वी चीनको शान तुंग प्रान्तमा एउटा फोतोन्लोभोल नामको ठूलो उद्योग छ। ठूलो ढाँचाको औद्योगिक प्रबन्ध उत्पादनको प्रधानतामा रहेको उक्त व्यवसाय महत्वपूर्ण तथा नयाँ प्राविधिक व्यवसाय हो। हाल सो व्यवसायले अध्ययन तथा उत्पादन गरेको अर्को समूहको पछिल्लो ठूलो शक्तिको ट्राक्टर संचालनमा आएको छ। यो व्यवसायका महाप्रबन्धक वाङ चिन फुले चिनियाँ राष्ट्रिय टेलिभिजन---सि सि टि भिलाई अन्तर्वार्ता दिंदै नयाँ उत्पादित बस्तुको अध्ययन तथा आविष्कारको सफलताद्बारा चीनमा ठूलो शक्तिको ट्राक्टरको अध्ययन र आविष्कारको स्तर अन्तर्राष्ट्रिय उन्नतिशील पंक्तिमा प्रवेश भएको कुरा बताउनुभयो।
हामी यसपल्ट आफ्नो क्षमतामा ठूलो शक्तिको ट्राक्टरको विकास कार्य पूरा भएको कुराबाट चीनको आफ्नो मार्काको सशक्त तथा बलियो शक्ति प्रमाणित भएको छ।

श्री वाङ चिन फुले हाम्रा सम्बाददातासित कुराकानी गर्दै अन्तर्राष्ट्रिय बैंकिङ संकटको असर परेकाले आफ्नो कम्पनीका धेरै ठूलो ढाँचाको औद्योगिक प्रबन्धको बिक्रीको परिमाण घटेको कुरा बताउनुभएको छ। तर केही उन्नत तथा अत्याधुनिक वस्तु बजारमा स्वागतयोग्य भएका छन्। उक्त ठूलो शक्तिको ट्राक्टर संचालनमा आउने बित्तिकै थुप्रै अर्डर प्राप्त भएका छन्।
चीनमा फोतोन्लोभोल जस्ता व्यवसायहरू धेरै छन्। चीनका विज्ञान तथा प्रविधिमन्त्री वाङ कांगले दिनुभएको जानकारीअनुसार, यस पल्टको अन्तर्राष्ट्रिय बैंकिङ संकटमा चीनको उच्च तथा नयाँ प्राविधिक व्यवसायमा जोखिमको सामना गर्ने बलियो क्षमता देखाइएको छ। यसद्बारा व्यवसायको द्रूत विकासलाई साकार तुल्याइएको छ।
उच्च तथा नयाँ प्राविधिक व्यवसाय र उच्च तथा नयाँ राष्ट्रिय क्षेत्रहरुबाट यस पल्टको अन्तर्राष्ट्रिय बैंकिङ संकटबाट परेको जोखिमको सामना गर्ने क्षमता अपेक्षाकृत हेर्नलागक भएको छ। सन् 2008 सालको अघिल्ला तीन त्रैमासिकमा 54 वटा उच्च तथा नयाँ राष्ट्रिय क्षेत्रका कूल आम्दानी, औद्योगिक कूल आय र औद्योगिक कूल बृद्धि आदि मुख्य लक्षित अंक विगत वर्षको सोही अवधिको तुलनामा बीस प्रतिशतभन्दा बढी भएको छ। मध्य तथा पश्चिमी भागका र चुच्यांग नदीको डेल्टा क्षेत्रका उच्च तथा नयाँ राष्ट्रिय क्षेत्रको आर्थिक बृद्धिदर लगभग तीस प्रतिशतभन्दा बढी भएको छ।

क्रमशः
|