china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जीउको तापक्रम सम्बन्धित मापदण्डमा पुग्नुपर्छ भन्ने विषयको दोस्रो भाग
    (GMT+08:00) 2009-07-29 14:34:17    

          जीउको तापक्रमलाई सम्बन्धित मापदण्ड अर्थात् छतीस दशमलब पाँच डिग्री फरेन्हाइटको स्तरमा कायम राख्नका लागि सामान्य जीवनमा केही राम्रो बानी पनि कायम राख्नुपर्छ।

          एक, जीउको तौललाई सम्बन्धित परिधिमा नियन्त्रण गर्नुका साथै हरेक दिनको सन्तुलित खाद्यपदार्थलाई कायम राख्नुपर्दछ। बितेका दुई/तीन वर्ष यता केही युवतीहरुले आफ्नो जीउलाई दुब्लो बनाउन अथवा जीउ दुब्लाइने प्रवृत्तिलाई कायम राख्नका लागि हरेक दिन निकै थोरै खाना खाने गरेका छन् अथवा भातको सट्टा साग तथा फलफुल मात्र खान्छन्। त्यसले उनीहरुको पोषण-प्रणालीमा विस्तारै केही असन्तुलन देखा पर्नुका साथै जीउको तापक्रम पनि क्रमश: घट्दैगएको देखिन्छ। साथै रोग निवारण गर्ने क्षमता पनि कम हुनेछ। त्यो राम्रो बानी होइन। सामान्य जीवनमा सन्तुलित खाना खानु नै स्वास्थ्यका लागि एक महत्वपूर्ण विषय हो। त्यसका लागि जीउको तापक्रमलाई सम्बन्धित स्तरमा कायम राख्नका लागि पनि त्यो महत्वपूर्ण पूर्वाधार हो।

          दुई, अधिकांश मानिसहरुलाई जमाएर बनाइएका चिसो खाद्यपदार्थ अर्थात आइस हालेर सर्वत पानी खानु त्यति राम्रो हैन। रमाइलो भोज, भेला र समारोहमा आइस हालेका सर्वत पानी पिउनु ज्यादै खुशी र आनन्द लाग्छ। तर आइस हालेका सर्वत पानी धेरै खाएमा जीउको तापक्रमलाई घटाउनसक्छ। यसबाहेक, अति बढी पानी जीउभित्र बाँकी रहेमा पेट चल्ने गतिलाई पनि ढिलो पार्नसक्छ।

          तीन, हरेक दिन उपयुक्त कसरत गर्नु ज्यादै‍ राम्रो हुन्छ। शारिरिक कसरत गरेरमा शरिरमा ताप शक्ति उत्पादन हुन्छ। जसबाट जीउको तापक्रम माथि उठ्न सघाउ पुग्नेछ। साथै शरीरमा रक्तको चक्रबद्धतामा पनि सुधार हुनसक्छ। कसरतको क्रममा अक्सिजनलाई रक्तको छिटो चक्रबद्धतामार्फत शरीरका विभिन्न ठाउँमा पुर्‍याउनसकिन्छ। साथै शरिरमा भएका विकारहरुको निष्काशन पनि छिटो हुनसक्छ।

          चार, एयर कण्डिशन अर्थात वातानुकुल यन्त्रको प्रयोगलाई पनि कम पार्नु ज्यादै राम्रो हुन्छ। प्रत्येक मान्छेको शरीरमा आफ्नो तापक्रमको समन्वय गर्ने क्षमता हुन्छ। विभिन्न बेला, विभिन्न ऋतु र विभिन्न वातावरणमा त्यस क्षमताले मान्छेको तापक्रमको ठीक समन्वय गर्ने गर्दछ। तर समय समयमा एयर कण्डिशन अर्थात वातानुकुल यन्त्रमा भर परेमा शरीरको त्यस क्षमतालाई कमजोर पार्नसक्छ। त्यसैले एयर कण्डिशन अर्थात वातानुकुल यन्त्रमा धेरै भर पर्नु हुँदैन।

          पाँच, चुरोट सेवन गर्ने बानीलाई छाड्नु राम्रो हुन्छ। चुरोटमा रहेको निकोटिइनले रक्त नलीलाई सांघुरो पार्नसक्छ। त्यस्तै चुटोट सेवन गरेपछि शरीरमा रक्तको चक्रबद्धता क्रमश: मन्द हुनेछ। अनि जीउको तापक्रम पनि घट्दैजाने सम्भावना हुन्छ।

          छ, धेरै दबाव अथवा तनावलाई आफ्नो मस्तिष्कमा राख्न हुँदैन। दबावले हरिरलाई ज्यादै ऐठन पार्ने गर्दछ। साथै दबाव , तनाव र बोझले रक्त नलीहरुलाई सांघुरो पार्नुका साथै रक्तको चक्रबद्धतालाई पनि बिगार्नसक्छ।

          सात, नुहाउने बानीलाई ठीक तवरबाट कायम राख्नु ज्यादै उपयुक्त हुन्छ। नुहाउनु मानिसका लागि सजिलो कुरा हो। तर ठीक तवरबाट नुहाउने बानी भनेको के हो? ठीक तवरबाट नुहाउने बानी भनेको नुहाउने पानीको तापक्रम तीसदेखि पैंतीस डिग्री सेल्सियससम्म बनाउनु उपयुक्त हुन्छ भने नुहाउने समय बीसदेखि तीस मिनेटसम्म राम्रो हुन्छ।

          जीउको तापक्रमलाई ठीक मापदण्डमा कायम राख्नु सजिलो कुरा होइन। सामान्य जीवनमा आफ्नो स्वास्थ्यको अझ ख्याल-विचार गर्नुहोला, जीवनको राम्रो बानीको पनि स्थापना गर्नुहोला!

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040