china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा उच्च तथा नयाँ प्रविधिलाई व्यवसायीकरणतर्फ तुरुन्तै लैजाने 2
    (GMT+08:00) 2009-07-31 10:45:31    

               बीस वर्षअघि चीन सरकारद्बारा चीनको उच्च तथा नयाँ प्रविधिलाई सामान्यीकरण गर्ने र उच्च तथा नयाँ प्राविधिक सामानलाई व्यवसायीकरण गर्ने उद्देश्यले "ज्योति योजना"नामको एउटा कार्यक्रम शुरु भयो। केही वर्षयत्ता सो योजनाबमोजिम चीन सरकारले उच्च तथा नयाँ प्राविधिक व्यवसायी विकास क्षेत्रको निर्माण तथा विकासमा महत्व दिँदैआएको छ। यसका साथै चीन सरकारले एक समूहका महत्वपूर्ण उच्च तथा नयाँ प्राविधिक व्यवसायलाई छानेर सूचना, रकम, सेवा आदि पक्षमा पनि सहायता दिएको छ। एक समूहको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति पनि सक्रियताका साथै हुर्काइएको छ।

               चीनका विज्ञान तथा प्रविधिमन्त्री वाङ कांगले हाल चीनमा 54 वटा उच्च तथा नयाँ प्राविधिक राष्ट्रिय विकास क्षेत्रको स्थापना भइसकेको कुरा बताउनुभयो । विभिन्न खालका उच्च तथा नयाँ प्राविधिक व्यवसायको संख्या 56 हजार पुगेको छ। उच्च तथा नयाँ प्राविधिक व्यवसायका क्षेत्रमा काम गरिरहेका मानिसहरुको कूल संख्या बाह्र लाखभन्दा बढी भएको छ। उच्च तथा नयाँ प्राविधिक व्यवसाय क्षेत्रीय अर्थतन्त्र बृद्धि गर्ने खम्बा बनिसकेको छ। वास्तवमा "उच्च तथा नयाँ प्रविधिको व्यवसायीकरणको निर्माण र व्यवसायिक प्रविधि तथा प्रगतिको समर्थन" चीन सरकारले वर्तमान बैंकिङ संकटको सामना गर्ने र अर्थतन्त्रको बृद्धिलाई सम्बर्द्धन गर्ने एउटा महत्वपूर्ण कदम पनि बनिसकेको छ। चीनको केन्द्रीय बित्तले एक अर्बभन्दा बढी चिनियाँ युआन छुट्याएर व्यवसायमा उच्च तथा नयाँ प्रविधिको प्रयोग गरी परम्परागत व्यवसायमा सुधार गर्न तथा उकास्न, उत्पादित वस्तुलाई सर्वश्रेष्ठ पार्न समर्थन गरेको छ।

               अर्को पक्षमा चीनका विभिन्न स्थानका सरकारले "ज्योति योजना"अनुसार उच्च तथा नयाँ प्राविधिक व्यवसायको विकासलाई बढाएको छ। उदाहरणका लागि चीनको वैदेशिक व्यापार गर्ने ठूलो प्रान्त---क्वांग तुंगमा अन्तर्राष्ट्रिय बैंकिङ संकटको गम्भीर स्थितिमा उच्च तथा नयाँ प्राविधिक व्यवसायको विकासलाई महत्व दिइएको छ। क्वांग तुंग प्रान्तको वैज्ञानिक तथा प्राविधिक विभागका उपप्रमुख छन सिनले यसबारे यसरी जानकारी दिनुभयोः

               विश्वको बैंकिङ संकटले गर्दा हाम्रो देशको अर्थतन्त्रको विकासमा निकै ठूलो असर परेको छ। क्वांग तुंग पनि त्यसमा परेको छ। यसको सामना गर्नका लागि हामीले आफ्नो क्षमतामा आविष्कारसम्बन्धी कार्य मसौदाको तर्जुमा गरेका छौं। हामीले एक पक्षमा उच्च तथा नयाँ प्राविधिक व्यवसायको विषयलाई विस्तृत पारेका छौँ। अर्को पक्षमा विश्वका दक्ष जनशक्ति र प्रविधिलाई पनि भित्र्याइएको छ।

    क्रमशः

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040