हरेक वर्षको बसन्त ऋतुलाई बालक राम्रोसंग हुर्कने स्वर्ण ऋतु मानिन्छ। तर बसन्त ऋतुमा बालकलाई सजिलोसँग रोग लाग्ने ऋतु पनि मानिन्छ। किनकि त्यस ऋतुमा समयसमयमा मौसम परिवर्तित हुनुका साथै तापक्रम पनि अस्थिर हुन्छ। यस्तो बदलिंदो ऋतुमा आमा-बुवाहरुले बालकको स्वास्थ्यको झन् ख्याल-विचार गर्नुपर्छ। रोगको प्रतिरोधका लागि आवश्यक प्रतिरोधात्मक कदम चाल्नु बाहेक बालकको पोषण-प्रणालीलाई पनि सुदृढ पार्नु आमा-बुवाका लागि राम्रो उपाय पनि हो। आवश्यक पोषण प्रदान गरिएपछि बालकको शरीर बलियो हुनसक्छ। शरीर बलियो भएमा रोगको प्रतिरोध गर्ने क्षमता पनि बढ्नसक्नेछ। तर अति बढी पौष्टिक खाद्य-पदार्थ खाएमा स्वास्थ्यका लागि राम्रो पनि होइन। बालकको पोषण प्रणालीलाई कसरी सन्तुलित पार्ने र बालकलाई कसरी स्वस्थ रुपमा हुर्काउने भन्ने जिज्ञासा लिएर कार्यक्रमतर्फ लागौं!
ऋतु परिवर्तित हुने विशेषता र बालक हुर्कने आवश्यक चाहनाबमोजिम पोषणसम्बन्धी विशेषज्ञहरुले चार कि सिमका खाद्य-पदार्थलाई आमा-बुवासमक्ष प्रस्तुत गरेका छन्। विशेषज्ञको राय-सुझाव बमोजिम आमा-बुवाले बालकसम्बन्धी उचित खाद्यान्न बनौटको व्यवस्था गर्नसक्छन्। जसबाट बालकलाई वैज्ञानिक र स्वस्थ रुपमा हुर्काउन सकिनेछ।
पहिलो किसिमको खाद्य-पदार्थ शरीरका लागि क्यलसियम उपलब्ध गराइने खाद्य-पदार्थ हो।
बसन्त ऋतुलाई वर्षभरि बालकका लागि हुर्कन सबैभन्दा छिटो हुने ऋतु मानिन्छ। प्रायजसो बाल-बालिका बसन्त ऋतुमा सजिलोसँग अग्ला बन्ने र बलियो बन्ने हुन्छन्। यस्तो अवस्थामा विभिन्न किसिमका पोषण विशेषत: क्यलसियम को चाहना झन् स्पष्ट र आवश्यक भएको देखिन्छ। यस बेला आमा-बुवाले बालकका लागि थप क्यलसियम उपलब्ध गराउनुपर्छ। पोषणसम्बन्धी विशेषज्ञका अनुसार, विभिन्न उमेरका बालकका लागि क्यलसियम चाहने भिन्ना-भिन्नै आग्रह हुन्छ।
बालकले उपयुक्त तरिकामार्फत ठीक मात्राको क्यलसियम व्यवस्था गरेपछि मात्र शरीरका लागि फाइदाजनक हुनसक्नेछ। वैज्ञानिक मापदण्डका अनुसार, एक वर्षको उमेरभन्दा कमका बच्चाका लागि हरेक दिन चाहने क्यलसियमको मात्रा झण्डै तीन सयदेखि चार सय मिलिग्रामसम्म हुन्छ। एक वर्षको उमेरदेखि चार वर्षको उमेरसम्मका बालकका लागि हरेक दिन चाहने क्यलसियमको मात्रा झण्डै छ सय मिलिग्राम हुन्छ। अनि चार वर्षको उमेरदेखि सात वर्षको उमेरसम्मका बालकका लागि हरेक दिन चाहने क्यलसियमको मात्रा झण्डै आठ सय मिलिग्राम हुन्छ। यसबाहेक, अन्य उमेरका बाल-बालिकाका लागि हरेक दिनमा कम्तिमा एक हजार मिलिग्रामको क्यलसियम व्यवस्था गर्नु राम्रो हुन्छ।
|