china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स्वाईन फ्लूसम्बन्धी जानकारीको पहिलो भाग
    (GMT+08:00) 2009-08-19 17:03:33    

         विश्वमा चर्चाको शिखरमा रोग स्वाईन फ्लू अर्थात ए एच वान एन वान इन्फ्लुयन्जाको बारेमा त यहाँहरुले सुन्नुभएको नै होला । सुन्नुभए पनि वास्तवमा यो स्वाईन फ्लू भनेको के हो, अहिले यस रोगले विश्वमा निम्त्याएको महामारी, यो रोगको श्रोत के हो, यो कसरी एकबाट अर्कोमा सर्ने गर्छ, यो रोग कतिको खत्रानाख छ, यो रोगको निर्मुलन कसरी गर्नुपर्छ भन्ने कुरा हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ ।

          अप्रिल 2009 मा पत्ता लागेको 'ए' प्रकारको एच वान एन वान भाईरस यानिकी जीवाणु, अहिले विश्व भरि नै महामारीको रुपमा फैलिरहेको छ । यसै जीवाणुले निम्त्याएको फ्लूलाई हामी सामान्य रुपमा स्वाईन फ्लू अथबा इन्फ्लुयन्जा भन्ने गर्दछौं । विकिपेडियाको अनुसार अहिले सम्म 'ए' प्रकारको जीवाणुको श्रोत चारवटा भेटिएको छ जस मध्ये पहिलो मान्छे आफैं, दोस्रो पछिं र बाँकि दुई स्रोत सँगुर हो । ए एच वान एन वान सबैभन्दा पहिले सँयुक्त राज्य अमेरिकामा भेटिएको थियो भने त्यसको केहि समय पछि नै मेक्सिकोमा पनि देखा परेको थियो ।

          विश्व स्वास्थ्य संसथान, डब्लु टि.ओ. को अनुसार, अहिले सम्म विश्व भरिका चौहत्तर (७४) वटा मुलुकहरु प्रभावित भएका छन् भने सतहत्तर हजार दुई सय एक जना मानिसहरु पडित छन् । तपाईँहरुलाई यस रोग अथवा महामारीले गर्दा तीन सय बत्तीस (३३२) जनाले ज्यान गुमाई सकेका छन् भने ज्यान गुमाउने को संख्या दिनहुँ जस्तो बढिरेको छ भन्दा सायादै विश्वास गर्नुहोला ।

          यहाँहरुलाई यस रोग कसरी सर्छ भन्ने कुराको जिज्ञासा लागि राखेको होला । यो फ्लू पनि अरु सामान्य फ्लू जसरी नै अरुको हाच्छियुँ , खोकि जस्तो हावाको माध्यमबाट सर्ने गर्देछ र यसबाट प्रभावित वस्तुहारु छुनाले पनि सर्ने गर्दछ । हामी मध्ये धेरैलाई सुँगुर अथवा बगुँरको मासु खानाले पानि यस फ्लू लाग्ने पो हो कि भन्ने भ्रम देखिन्छ ।

         तर विश्व स्वास्थ्य संस्थानले सुँगुर अथवा बगुँरको मासे खानाले यस फ्लू सर्दैन भनेर पुष्टि गरिसकेको छ । त्यसैले तपाईँहरु ढुक्क भएर सुँगुर बगुँरको मासु खानसक्नु हुन्छ ।

         अब कुरा गरौं यो रोग अथवा फ्लू आफूलाई लागेको छ वा छैन भनेर कसरी थाहा पाउने भनेर । प्राथमिक तहमा यो फ्लू आफूमा सर्दा एक्कासी रुघा लागे जस्तो हुने, सिँगान आऊने, विरामी हुने, ज्वरो आऊने जस्ता लक्षणहरु देखिन्छन् । कहिले काँहि बान्ता आऊने झाडा लाग्ने जस्तो लक्षणहरु पानि देखापर्न सक्छ । केहि गरि आफूमा यस्तो लक्षनहरु देखापरेमा जति सक्दो छिट्टो नजिकको स्वास्थ्य केन्द्र वा अस्पतालमा गई जाँच गराऊनुहोला ।

          याद गर्नुहोस् ढिलाई अथवा लापर्भाई गरे यसले तपाईँको ज्यान समेत लिन सक्छ र त्यति मात्र नभई, तपाईँ नजिकको मान्छेहरुलाई पनि सर्न सक्ने सम्भावना बढी हुन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040