
म्याउ जातिको कूल जनसंख्या 89लाख 40हजार जति छ। उनीहरु मुख्यतः क्वैचौ, युननान, स् छ्युआन, क्वाङसी, हुनान, हुपै, क्वाङतुङ प्रान्तमा बस्दछन्। म्याउ जाति म्याउ भाषाको प्रयोग गर्छन्। म्याउ भाषा हान-तिब्बती भाषा प्रणालीको एक भाग हो। म्याउ जातिको आफ्नै लिपि थिएन। सन्1956 मा म्याउ जातिले चारवटा स्थानीय भाषाका ल्याटीन अक्षरहरुमा सुधार गरी म्याउ जातिको एकीकृत लिपि तयार पार्यो।
चीनको इतिहासमा म्याउ जाति लामो इतिहास भएका जातिहरुमध्येको एक हो। लगभग चार हजार वर्षअघिको किताबमा म्याउ जातिबारे उल्लेख गरिएको देखिन्छ। प्राचीन इतिहासमा सम्राट ह्वा ती र सम्राट यान ती बीच संघर्ष भएको "छ यौ" म्याउ जातिको पूर्खा हो। युद्ध, भोक, रोग, मरुभूमिकरण आदि कारण म्याउ जातिका मानिसहरु निरन्तर रुपमा बसाइँ सर्ने गरेकाले म्याउ जातिका मानिसहरु चीनका विभिन्न स्थानमा छरिएर बसिरहेको स्थिति देखिन्छ। विभिन्न ठाँउमा बसोबास गर्ने म्याउ जातिका मानिसहरुको भाषा, पोशाक, चाल-चलन आदिमा पनि ठूला भिन्नता देखिन्छ।
म्याउ जातिका मानिसहरु धेरैजसो "हरेक प्राणीको प्रेतात्मा हुन्छ"भन्ने मान्यतामा आधारित प्राथमिक धर्म मान्दछन्। म्याउ जातिका मानिसहरु मुख्यतः गहुँ, मकैको खेती गर्नेगर्दछन् र यसका साथै तेलका लागि थुङ वृक्ष, तोरी आदिको पनि खेती गर्नेगर्छन। यस बाहेक, उनीहरु "थ्यान छी, "थ्यान मा, "तु चुङ"आदि जडिबुडी रोप्ने गर्दछन।

यी जातिको कूल जनसंख्या 77 लाख जति छ। उनीहरुको बसोबास, खासगरी युननान, स् छयुआन, क्वैचौ, क्वाङसी यी चार प्रान्तमा छ। यी जातिका मानिसहरु यी भाषाको प्रयोग गर्छन्। यी भाषा हान-तिब्बती भाषा प्रणालीको एक भाग हो। हान जातिका मानिसहरुसँगसँगै बसोबास गरेर आपसी सम्पर्कमा रहँदा-रहँदै यी जातिका मानिसहरु हान जातिको भाषा बोल्नसक्ने भए।
यी जाति चीनमा धेरै जनसंख्या भएको, चीनमा जताततै बसोबास रहेको र लामो इतिहास भएको अल्पसंख्यक जाति हो। 2000 वर्षभन्दा अघि उत्तरी चीनतिर गएको "ती छ्याङ"जाति र दक्षिणतिरका आदिबासी जन-जातिहरुसँगको आदान-प्रदानका परिणामस्वरुप एउटा नयाँ जाति— यी जाति देखापर्यो। यी जातिको इतिहासको एउटा ठूलो विशेषता भनेको दास प्रथालाई लामो समयसम्म कायमै राख्नु हो।
सन्1949 मा जन-गणतन्त्र चीनको स्थापना भएपछि यी जातिहरुमध्ये प्रजातान्त्रिक सुधार ल्याइएर यी जातिको समाजमा बाँकी दासप्रस्था क्रमशः विलिन गयो। विगतमा यी जातिले धेरै भगवानको पूरा गर्दथ्यो। "छीङ्ग"राजबंशताका, यी जातिमध्ये ताउ धर्म प्रचलित थियो। उन्नाइसौं शताब्दीको अन्तमा क्याथोलिक धर्म, क्रिश्चियन धर्म उनीहरु बीच प्रवेश गरे तर मान्नेहरुको संख्या थोरै छ।
मंगोलियाली जातिको कूल जनसंख्या अन्ठाउन्न लाख भन्दा बढी छ। उनीहरु चीनको भित्री मंगोलिया स्वायत्त प्रदेश, सिन्च्याङ युगुर स्वायत्त प्रदेश, छिङ्गहाइ, कान सु, है लुङ्ग च्याङ्ग, ची लिन, ल्याउ नीङ प्रान्तमा पर्ने मंगोलियाली प्रिफेक्चर, जिल्लामा बसोबास गर्दछन्। मंगोलियाली जातिको भाषा मंगोलियाली हो। यो भाषा अल-थैआइ भाषा प्रणालीमा एक भाग हो।

मंगु अर्थात् मंगोलिया यो नाम चीनको इतिहासमा सबैभन्दा पहिले थाङ्ग राजबंशमा देखा परेको थियो। त्यस बेला मंगु गोलियाली जन-जातिहरुमध्ये एकको नाम थियो। यस जन-जातिको जन्मथलो अर्कुना नदीको पूर्वी किनारातिर थियो र उनीहरु विस्तारै-विस्तारै पश्चिमतिर सरेको थिए। मंगोलियाली विभिन्न जन-जातिहरु बीच मानिस, जन्तु, सम्पत्ति आदिका लागि खोसाखोस गर्थे र अन्त्यमा अनावश्यक युद्ध देखा पर्थ्यो। सन् 1206 थे मु चेन मंगोलियाका खाँ हुनुभई खुबलाखाँको नाउँमा मंगोलिया मुलुकको स्थापित गर्नुभयो। त्यसपछि चीनको उत्तरी क्षेत्रमा पहिलो पटक एउटा बलियो, स्थिर तथा विकसित जाति- मंगोलियाली जाति देखा पर्यो।
पछि खुब्लाखाँले मंगोलियाका विभिन्न जन-जातिलाई एकततबद्ध पारेर चीनलाई एकीकरण गरी चीनको इतिहासमा युआन राजबंशको स्थापना गर्नुभयो। मंगोलियाली जातिका मानिसहरु धेरैजसौ लामा धर्म मान्दछन्। मंगोलियाली जातिले चीनको राजनैतिक, सैनिक, आर्थिक, वैज्ञानिक तथा प्राविधिक, सँस्कृति, चिकित्सा आदि विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन।
|