 प्राप्त जानकारीअनुसार, सन् 1997 देखि श्या मन विश्वविद्यालयले साउदी अरेबियामा सबैभन्दा ठूलो पेट्रोल कम्पनी---अराम्को ओइल कम्पनीको सहयोगमा साउदी अरेबियाका विद्यार्थीलाई भर्ना गराउन थालेको छ। विद्यार्थीहरुले चिनियाँ भाषा दुई वर्ष सिकेर रासायनिक उद्योग, अन्तर्राष्ट्रिय व्यापार आदि विषय छान्न सक्छन्। सन् 2006 को अप्रिल महिनामा चीनका राष्ट्राध्यक्ष हु चिन थाउको साउदी अरेबेलीको भ्रमणको क्रममा उहाँका लागि भाषा अनुवादक रहेका दुई जना कर्मचारीको चिनियाँ भाषा अत्यन्त राम्रो रहेको कुराले उहाँलाई आश्चर्य गराइएको थियो। अनि ती दुई कर्मचारीले "हामी श्या मन विश्वविद्यालयबाट स्नातक भएका छौं" भन्ने कुरा गौरवका साथ बताउनुभयो।
यसका अतिरिक्त, विद्यालयको स्तर उकास्नका लागि श्या मन विश्वविद्यालयले शिक्षक-शिक्षिकाको विदेशी तालिमलाई पनि सबल पारेको छ। श्रीमती चांग सिन लिले यसरी जानकारी दिनुभयोः
हामीले शिक्षक-शिक्षिकाको सिकाउने क्षमता र अन्तर्राष्ट्रियकरणको स्तरलाई उकास्नका लागि हाल हरेक वर्ष एक/दुई शिक्षक-शिक्षिकालाई बेलायत, क्यानडा आदि देश पठाएर छोटो समयको तालिम दिन्छौं। अनि ती शिक्षक-शिक्षिका फर्केर अंग्रेजी भाषामा डाक्टर विद्यार्थीलाई सिकाउनुभएको छ।

श्या मन विश्वविद्यालयमा अध्ययन गर्नका लागि चाहिने खर्चबारे चर्चा गर्दै हाम्रा सम्बाददाताले विश्वविद्यालयबाट स्नातक विद्यार्थीका लागि हरेक वर्ष पढाइ शुल्क अठार हजार चिनियाँ युआन रहेको, शिक्षा विद्यार्थीका लागि बीस हजार चिनियाँ युआन रहेको, मेडिकलका विद्यार्थीका लागि तीस हजार चिनियाँ युआन रहेको कुरा थाहा पाएका छन्। यसका अतिरिक्त, हरेक वर्ष कोठाको खर्च लगभग दश हजार चिनियाँ युआन रहेको छ। विदेशमा यस्तै खालका विद्यालयको तुलनामा यो खर्च त्यति धेरै होइन।
श्या मन विश्वविद्यालयका चांग सिन लिले विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अझ राम्रो पढाइ तथा उठ-बस पूर्वाधार प्रदान गर्नका लागि विभिन्न खालका छात्रवृत्ति र सहायक ऋण दिएको छ।
श्या मन विश्वविद्यालयमा विशेषरुपमा अन्तर्राष्ट्रिय छात्रवृत्तिको स्थापना गरिएको छ। यसको एक किसिम के हो भन्ने नयाँ विद्यार्थीका लागि सारा पढाइ शुल्क हटाइएको हुन्छ। अर्को किसिमको छात्रवृत्ति विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्थापना भएको हो। हामीले छात्रवृत्ति पाउने विद्यार्थीहरुको संख्या क्रमशः बढाइरहेका छौं। श्या मन विश्वविद्यालयले विदेशी विद्यार्थीहरुलगायत् सारा विद्यार्थीहरुलाई सहायता ऋण दिएका छौं। विदेशी विद्यार्थीहरुसित व्यवहारिक कठिनाइ भएकाले विद्यालयसामु त्यो रकम हटाउन यजना प्रस्तुत गर्ने छौँ।

क्रमशः
|