अरू सामान्य फ्लू लागेको बेला भन्दा स्वाईन फ्लू लागेको बेला किन बढी सतर्कता अपनाउनु पर्छ भन्ने कुराको जान्कार हुन निकै जरूरी छ । सामान्य फ्लू भनेको बेला-बखत, हरेक वर्ष, हरेक महिना देखापरि राख्ने फ्लू हो । तय्स कारण हामीसँग यस्तो सामान्य फ्लूहरुबाट बच्ने वा लड्ने ओषति उपचारहरु धेरै छन् तर स्वाईन फ्लू भर्खरै मात्र देखिएको प्रकोप भएको कारण सवासथ्य शास्त्रमा लगिरहेकाहरुले यसलाई उन्मूलन गर्ने खोपको आविस्कार अहिले सम्म गर्न सकेको छैन ।

धेरै सामान्य फ्लूहरुसँग बीना ओषति नै हाम्रो शरिर लड्न सक्दछ भने सवाईन फ्लूलाई चाहिँ हाम्रो शरिरले आफ्नै बलमा थाम्न सक्दैन । त्यसैले सामान्य फ्लूको दाँजोमा स्वाईन फ्लूलाई विशेष सतर्कता अपनाऊन पर्दछ ।
हामीले सतर्क हुनु पर्छ, सतर्कता अपनाउनु पर्छ भनेर त भन्यौं तर कसतो खाले सतर्कता अपनाऊने त, कसरी सतर्क हुने त भनेर चर्चा गरेनौं । अव कुरा गरौं कस्तो किसिमको सतर्कता अपनाऊने भनेर । सबै भन्दा महत्वपूर्ण कुरा भनेको सर-सफाई हो, आफू सफा सुघर भएर बस्नु हो । त्यस पछि अर्को महत्वपूर्ण कुरा जहाँ पायो त्यहिँ, जे पायो त्यहि नखाने, पानी नपिउने हो । यस फ्लू एक जना मान्छेबाट अर्को मान्छेलाई सर्न सक्ने भएकोले आफूसँग चिनजान नभएको मान्छेसँग धेरै नजिक नहुनु नै फाइदाजनक हुन्छ ।

साथीभाई, आफन्तहरु भेटघाट हुने बेला एक अर्काको जूठो खाने वानी कुनै नौलो नभएतापनि नखानु नै बेस हुन्छ । हामी हुल-मुलमा हिँड्दा, बस अथवा यन्य कुनै साझा सवारी साधनमा यात्रा गर्ने बेला सके सम्म आफ्नो नाक मुखलाई छोप्नु राम्रो हुन्छ ।
यी सबै कुरा गरे पछि हाम्रो मस्तिष्कमा एउटा भए छाए जस्तो हन्छ । के यो जीवाणुको संक्रमणबाट बच्ने केहि उपाय नै छैन त ? अहिले सम्म यसको उपचारमा सामान्यता दुई प्रकारका ओषतिको प्रयोग भएको देखिन्छ । टामिफ्लू र रेलेन्जा भन्ने औषधि यसको उपचारमा प्रभावकारी देखिएको छ । तर यी औषधिलाई संक्रमण भएको प्रारम्भिक चरणमा सेवन गरे मात्र प्रभावकारी हुने गर्दछ ।

यी औषधि सेवन गर्नाले संक्रमित व्यक्तिबाट अरुमा सर्ने खत्रा पनि कम हुने गर्दछ । कसै कसैले आफूलाई फ्लू नसरोस् भनेर यी औषधिहरु पहिला नै सेवन गर्ने गर्दछ जुन एकदम गलत कुरा हो । यस्तो गर्नाले तपाईँको शरिरमा भएको कीटाणु अथवा जीवाणुसँग लड्ने क्षमता कम हुने गर्दछ र केहि गरि तपाईँलाई स्वाईन फ्लू लागेको खण्डमा औषधिको प्रभाव कम हुनजान्छ ।
यहाँहरु मध्ये कसैको घर-छिमेकमा स्वाईन फ्लूबाट संक्रमित ब्यक्ति भए तपाईँहरुले केहि कुरामा ध्यान दिनुपर्छ । संक्रमित व्यक्तिलाई सके सम्म चाँदै अस्पताल लगि जाँच गर्ने । संक्रमित व्यक्तिलाई छुट्टै कोठामा राख्ने, आवश्क नपरि जहिले पायो तहिले घरबाट निसक्नबाट रोक्ने र निस्किनै परे सो व्यक्तिको नाक मख छोपेर मात्र निस्किनुपर्छ । विषेश गरि खोक्ने बेला र हाच्छियुँ गर्दा नाक मुख छोप्नु पर्छ । यसो गर्नाले अरुलाई सर्ने सम्भावना कम हुने गर्दछ ।
|