china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा सबै जनतालाई मूलभूत चिकित्सा सेवा उपलव्धसम्बन्धी पहिलो भाग
    (GMT+08:00) 2009-09-02 15:25:43    

          चीनको चिकित्सा र स्वास्थ्य सेवा भन्ने विषय चिनियाँ जनता मात्र नभई केही विदेशी जनताका लागि पनि साझा चासो भएको विषय हो। हाम्रा थुप्रै श्रोताहरुले समयसमयमा चिट्ठी वा इ-मेलमार्फत हामीसमक्ष चीनको चिकित्सा सेवासम्बन्धी प्रश्न र गुनासो प्रस्तुत गर्ने गर्दछन्।

          तीन वर्षसम्म छलफलको विषयमा रहेको चीनको चिकित्सा र औषधीसम्बन्धी परिपाटीको नयाँ सुधार योजना अप्रिल महिनाको छ तारिखका दिन सार्वजनिक गरिएको छ। सो दस्तावेजले मूलभूत चिकित्सा स्वास्थ्य परिपाटी सार्वजनिक उत्पादित वस्तुको रुपमा राखेर सारा जनतालाई उपलव्ध गराउने कुरा स्पष्टताका साथ उल्लेख गरेको छ। सम्बन्धित व्यक्तिका अनुसार नयाँ चिकित्सा सुधार योजनाले हित कल्याणकारी सिद्धान्तमा  जोड दिएको छ। यसले गर्दा औषधि उपचारका लागि बासिन्दाहरुलाई लाग्ने खर्च प्रभावकारी रुपमा हलुका हुनेछ।

          आधारभूत चिकित्सा परिपाटीसम्बन्धी नयाँ सुधार योजनामा तोकिएको छ- सरकारले आधारभूत सार्वजनिक स्वास्थ्य सेवाका विस्तृत बुँदाहरुको तर्जुमा गर्नेछ। यस वर्षदेखि सरकारले क्रमशः सहरबासीलाई एकीकृत रुपमा रोग-व्याधीको पूर्व प्रतिरोध र नियन्त्रण गर्ने, मातृ शिशुको स्वास्थ्यलाभ गर्ने र स्वास्थ्य शिक्षा दिने जस्ता आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नेछ। र सन् 2011 सम्ममा आधारभूत चिकित्सा सुनिश्चितता प्रणालीबाट देशभरिका सम्पूर्ण सहरबासीहरु लाभान्वित हुनेछन्।

          हालैका लागि चाहिँ डाक्टरलाई हेर्न गाह्रो पर्ने र महंगो हुने समस्याको ठोस रुपमा समाधान गरिनुपर्दछ। दीर्घकालीन लक्ष्य चाहिँ सम्पूर्ण सहरबासीहरुलाई ढाक्ने मूलभूत चिकित्सा स्वास्थ्य परिपाटीको स्थापना गरेर त्यसलाई पूर्णता दिलाउँदै सर्वसाधारण जनतालाई सुरक्षित, प्रभावकारी, सुविधाजनक र सुलभ चिकित्सा सेवा प्रदान गर्नुपर्दछ। चिनियाँ उप स्वास्थ्य मन्त्री चाङ्ग माउले यस बारे जानकारी दिंदै भन्नुभयो:

          "मूलभूत चिकित्सा स्वास्थ्य परिपाटीसम्बन्धी योजनाले उच्च डिजाइन अर्थात सुधारको दिशा र दीर्घकालीन लक्ष्यमा सोच विचार पुर्‍याउनुका साथै वर्तमान समयमा टडकारो रुपमा देखापरेका समस्याको समाधानमा पनि घनिष्ठ नजर पुर्‍याएको छ। त्यसको मुख्य कुरोचाहिँ आधारभूत चिकित्सा स्वास्थ्य सेवालाई एउटा सार्वजनिक उत्पादित वस्तुको रुपमा बनाएर सारा जनतालाई प्रदान गर्नु हो। जसबाट प्रत्येक मानिसले आधारभूत चिकित्सा सेवाको उपभोग गर्न पाउने लक्ष्यलाई साकार तुल्याउन सकियोस्"।

          यसका अतिरिक्त उक्त योजनाले "सहर र गाउँघरलाई एकीकृत विचारमा राखेर चाँजोपाँजो मिलाउँदै क्षेत्रीय विकास गर्ने" सम्बन्धी सुधार सिद्धान्तमा विशेष जोड दिएको छ। यस योजनाले जोडतोडसँग ग्रामीण चिकित्सा स्वास्थ्य सेवा सञ्जालको निर्माण गर्नुपर्ने कुरा अघि सारेको छ र यसबाट हरेक प्रशासनिक गाउँको एकएकवटा गाउँले चिकित्सक हुन सकोस्। यसका साथै सो योजनाले वरिष्ठ चिकित्सकहरुलाई ग्रामीण क्षेत्र र मध्य तथा पश्चिमी क्षेत्रमा स्वास्थ्य सेवामा जान पनि प्रोत्साहन गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040