china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग चिनियाँ चिकित्सा विश्वविद्यालय 1
    (GMT+08:00) 2009-09-04 19:37:22    

         

                विदेशमा चीनसम्बन्धी ज्ञान सिक्ने लहर बढ्नुका साथै झन् झन् बढी विदेशी साथीहरुमा परम्परागत चिनियाँ चिकित्सा तथा जडिबूटिसम्बन्धी संस्कृतिप्रति उत्कट चासो देखा परिरहेको छ। प्रिय श्रोताहरु, आज मैले तपाईंहरुलाई चीनमा रहेको एक मात्रै चिनियाँ चिकित्सा तथा जडिबूटिसम्बन्धी राष्ट्रिय विश्वविद्यालय---पैचिंग चिनियाँ चिकित्सा विश्वविद्यालयबारे जानकारी दिन गैरहेको छु। विदेशीहरुले हाल चीन आएर चिनियाँ चिकित्सा संस्कृतिलाई अनुभव गर्न र सिक्नका लागि सर्वप्रथम छानेको विश्वविद्यालय हो यो ।

               पैचिंग चिनियाँ चिकित्सा विश्वविद्यालय पैचिंगको उत्तरी भागमा पर्दछ। सो विश्वविद्यालयको निर्माण-बस्तु सरल छ। विश्वविद्यालयको सडकमा हिंडदा कहिलेकाहीं जडिबूटिको सुगन्ध पाउन सकिन्छ।

                अठ्ठाईस वार्षिय फ्रान्सेली युवक ल छ्येन शान पैचिंग चिनियाँ चिकित्सा विश्वविद्यालयको तेस्रो बर्षका विद्यार्थी हुन। सात वर्षअघि उनले फ्रान्समा चिनियाँ चिकित्सालाई एक पटक अनुभव गरेका थिए। त्यसपछि उनमा चिनियाँ चिकित्सा तथा जडीबूटिप्रति उत्कट चासो देखा पर्‍यो। यसका लागि उनले विशेषरुपमा चीन आएर अक्युपञ्चर र मालिस सिकेका छन्।

                हामीले सिद्धान्तका साथै अस्पलातमा गर्ने व्यवहारिक विषय पनि सिकेका छौं। विषयहरु निकै विविधतापूर्ण छ। मलाई शिक्षक-शिक्षिका निकै राम्रो लाग्छ।

                सन् 1956मा पैचिंग चिनियाँ चिकित्सा विश्वविद्यालयको स्थापना भयो। चीनमा सबैभन्दा पहिले स्थापना भएका चार वटा चिनियाँ चिकित्सा तथा जडीबूटि विश्वविद्यालयहरुमध्येको एक यो विश्वविद्यालय हो। हाल यो विश्वविद्यालयमा स्नातक हुनेमा चिनियाँ जडीबूटि विज्ञान, चिनियाँ जडीबूटि विज्ञान, अक्युपञ्चर तथा मालिस विज्ञान लगायत नौ वटा विज्ञान समाबेश छन्। यसका साथै डाक्टरका लागि चिनियाँ चिकित्सा विज्ञान, चिनियाँ जडीबूटि विज्ञान, र चिनियाँ चिकित्सा तथा पश्चिमी चिकित्सा मिलाईएको विज्ञान गरी तीन वटा विज्ञान खोलिएको छ।

                स्थापना भएपछि पैचिंग चिनियाँ चिकित्सा विश्वविद्यालयले विश्वमा चिनियाँ चिकित्सा पद्धतिको प्रचारप्रसार गर्ने कर्तव्य वहन गरेको छ। पचास वर्ष भन्दा अघि सो विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना गराउनथालेको हो। सन् 1960वाट स्नातक विद्यार्थीहरुको भर्ना लिइएको थियो। सन् 1990मा सो विश्वविद्यालयले विदेशी विद्यार्थीलाई स्नातकोत्तर तहमा भर्ना गराउनथालेको हो। त्यसैगरी विगत शताब्द्बिको नवौं दशकदेखि विदेशी विद्यार्थीको शिक्षा कार्य द्रुत विकासित हुँदैआएको छ। सो विश्वविद्यायका प्रमुख प्राध्यापक काउ स व्हाले हाम्रा सम्बाददातासित कुराकानी गर्दै यसबारे यसरी जानकारी दिनुभयोः

               हामी विदेशी विद्यार्थीहरुलाई भर्ना गराउन थालेदेखि यता विश्वका 87 मुलुक तथा क्षेत्रका लागि हुर्काइका विभिन्न किसिमका चिनियाँ चिकित्सा तथा जडीबूटिसम्बन्धी दक्ष व्यक्तिको संख्या दुई हजार नौ सय पुगेको छ। उत्पादित् अन्य चिनियाँ चिकित्सा तथा जडीबूटि सम्वन्धी दक्ष व्यक्तिको संख्या चौध हजार पुगेको छ। यस सम्बन्धमा चीनका सबै चिनियाँ चिकित्सा तथा जडिबूटि विद्यालयहरुको पंक्तिमा हाम्रो विश्वविद्यालय पहिलो स्थानमा रहेको छ।

    क्रमशः

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040