 विगत छ वर्षको अवधिमा पैचिंग चिनियाँ चिकित्सा विश्वविद्यालयमा अध्ययनरत् विदेशी विद्यार्थीहरुको संख्या पहिलेभन्दा एक गुणाले बढेको छ। प्राध्यापक काउ स व्हानले दिनुभएको जानकारीकाअनुसार, पैचिंग चिनियाँ चिकित्सा विश्वविद्यालयले बीस मुलुक तथा क्षेत्रसित चालीसभन्दा बढी सहयोगात्मक परियोजना लागू गरेको छ। तीमध्येका केहि परियोजना चीनको चिनियाँ चिकित्सा क्षेत्रद्बारा गरिएको वैदेशिक सहयोग क्षेत्रमा नामी बनेको छ।
हामीले सबैभन्दा बढी प्रतिबिम्बित गरेको सहयोगहरुमा एउटा चाहिं बेलायतको मिडल सेक्स विश्वविद्यालयसित गरेको चिनियाँ चिकित्सा शिक्षा सहयोग हो। अर्को सहयोग चाहिं सिंगापुरको नानयांग प्राविधिक विश्वविद्यालयसित गरेको शिक्षा सहयोग हो। विद्यार्थीले अघिल्ला तीन वर्ष नानयांग प्राविधिक विश्वविद्यालयमा चिकित्सासम्बन्धी विषय सिक्ने र पछिल्ला दुई वर्ष हाम्रो विश्वविद्यालय आएर व्यवहारिक शिक्षा ग्रहण गर्ने गरेका छन्। यसका अतिरिक्त, हामीले इरानको चिकित्सा विज्ञान मसहद विश्वविद्यालयसित सहयोग गरेका छौं। त्यहाँबाट स्नातक चिकित्सा विज्ञानका डाक्टर हामीकहां आएर चिनियाँ चिकित्सा विज्ञानसम्बन्धी बिषय सिकेका छन्।

हाम्रा सम्बादाताले प्राप्त गरेको समाचारकाअनुसार, पैचिंग चिनियाँ चिकित्सा विश्वविद्यालयका नौ वटा विज्ञानमध्येका सातले विदेशी विद्यार्थी भर्ना गरेका छन्। त्यसमा विदेशी विद्यार्थीहरुलाई निकै मन परेको विषय चिनियाँ चिकित्सा तथा अक्युपञ्चर र मालिस हो। विदेशी विद्यार्थीहरुलाई अझ राम्ररी चिनियाँ चिकित्सा तथा संस्कृतिलाई जानकारी दिनका लागि विद्यालयले उनीहरुलाई चिनियाँ भाषा सिक्न प्रेरित गरेको छ। प्रिय श्रोताहरु, विदेशी विद्यार्थीले चिनियाँ भाषा र चिकित्सा विज्ञान यी दुई वटा कठिनाइलाई कसरी सामना गर्ने कुराले तपाईंलाई जिल्ल पार्नेहोला। पैचिंग चिनियाँ चिकित्सा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय आदानप्रदान र सहयोगसम्बन्धी मामिलाको जिम्मा लिने श्रीमती चांग लि फिंगले त्यसवारे हामीलाई यसरी जानकारी दिनुभयोः
हाम्रो विश्वविद्यालयमा पूर्वाधिकार बर्षको स्थापना भयो। विद्यार्थीहरुले हाम्रो विद्यालय भर्ना भएपछिको आधा वर्ष अथवा एक वर्षमा यो बर्षमा आधारभूत चिनियाँ भाषा, चिनियाँ चिकित्सासम्बन्धी चिनियाँ भाषा र चिनियाँ चिकित्साको आधारभूत विषय सिक्नुपर्छ। यसवाट विदेशी विद्यार्थीमा चिनियाँ भाषाको स्तर उकास्नुका साथै चिनियाँ चिकित्सासम्बन्धी चिनियाँ भाषा र चिनियाँ चिकित्सासम्बन्धी ज्ञान बढिरहेको छ। जसबाट अरु सहपाठीसित संगसंगै ज्ञान ग्रहण गर्नसकिन्छ।

विदेशी विद्यार्थीहरु स्नातक हुनका लागि एकिकृत रुपमा अन्तर्राष्ट्रिय इन्ष्ट्रिट्युटमा पठाइएर पाँच वर्षदेखि आठ वर्षको पढाइ दिइएको छ। सो विश्वविद्यालयका प्रमुख काउ स व्हानले हाम्रा सम्बाददातासित कुरा गर्दै केही विद्यार्थीको व्यवहारिक अवस्थालाई विचार गरेर दुई वटा भाषाद्बारा केहि विषय पढाइएको बताउनुभयोः
केही विदेशी विद्यार्थीहरुले हाम्रो विश्वविद्यालयमा दुई भाषामा प्रशिक्षण लिएका छन्। विशेषरुपमा अंग्रेजी भाषालाई आफ्नो प्रधान भाषा भएका पश्चिमी मुलुकका विद्यार्थीहरुका लागि हामीले अंग्रेजी भाषाद्बारा चिनियाँ चिकित्साको प्रशिक्षण दिएका छौं। यसका लागि हामीले धेरै विदेशी विशेषज्ञलाई हाम्रो विश्वविद्यालय ल्याएर शिक्षण दिएका छौं। ती विशेषज्ञहरुमा केही जनाले चिकित्सा पढेर हामीकहां चिनियाँ चिकित्सा सिकेका छन्। केही जना हामीकहां बैज्ञानिक तथा प्राविधिक सहयोग गर्नका लागि आएका हुन।
क्रमशः
|