china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स्यो पु गाउँ सम्बन्धी जानकारीको पहिलो भाग
    (GMT+08:00) 2009-09-23 15:34:20    

            68 वर्ष उमेर पुगेका चाउ द मिँग चीनको च्याँग सु प्रान्त चिन थान शहरको स्यो पु गाउँको एक किसान हुन्। गत जनवरी महिना उनले पचास हजार चिनियाँ युआनभन्दा बढी लगानी गरेर एउटा मोटरगाडी किनेका थिए। तर उनको मोटरगाडीको चालक अनुमति-पत्र थिएन। त्यसैले उसलाई निकै दुःख लागेको थियो।

            वास्तवमा उनलाई कृषि ट्राइसाइकल र मोटरसाइकल चलाउन आउँछ। तर मोटरगाडी चलाउन आउँदैन। यसअघि उनले मोटरगाडीको चालक अनुमति-पत्रका लागि दुई पटक परीक्षा लिएका थिए। तर उनी असफल भए। अब उनले तेस्रो पटक पन परीक्षा दिनुपर्छ। हाल श्री चाउले दिनको समयमा फूल र विरुवा रोप्छन् अनि, रातमा मोटरगाडी अनुमुतिपत्रको परीक्षासम्बन्धी ज्ञान सिकेको थिए। अन्तमा आफ्नो प्रयासमा श्री चाउले तेस्रो पटकको परीक्षा सफल गरी चालक अनुमति-पत्र पाए। गत जुन दश तारिख उनले मोटरगाडीको चालक अनुमति-पत्र पाएको थिए। तर हरेक वर्ष स्वास्थ्य जाँच गर्नुपर्छ। उक्त परीक्षाबारे चर्चा गर्दै श्री चाउले रोचकताका साथ भने:

              उक्त परीक्षामा भाग लिएका परीक्षार्थीहरुमध्ये म सबैभन्दा बूढो हुँ। परीक्षकले मलाई सोध्नुभयो: तपाईँ यसरी बूढो उमेरमा परीक्षा लिनुहुन्छ? अक्षर लेख्न आउँछ तपाईँलाई? मैले जवाफ दिएँ: मै मोटरगाडी किनेको छु। तर मोटरगाडीको चालक अनुमति-पत्र पाएपछि मात्र मोटरगाडी चढ्नसक्छ। मैले तीनपटक परीक्षा लिएर अन्तमा सफलता पाएको थिएँ। तर हरेक वर्षको जुलाईमा स्वास्थ्य जाँच गर्नुपर्छ।

              श्री चाउ बसेको स्यो पु गाउँलाई फूल र विरुवाको जन्मथलो मानिएको छ। सन 2008 स्यो पु गाउँमा फूल र विरुवाले ढाकेको क्षेत्रफल एक हजार पाँच सय हेक्टर भई कूल खेती स्थलको तीस प्रतिशत पुगेको थियो। श्री चाउ पनि फूल र विरुवा रोपेर धनी भए। गत वर्ष उनले विरुवा विक्री गरी एक लाख चिनियाँ युआनभन्दा बढी कमाएका थिए। हालको जीवनबारे चर्चा गर्दै उनले निकै खुसीसाथ भने--आवाज दुई

             परिस्थिति राम्रो भएमा एक लाख युआनभन्दा बढी कमाउन सकिन्छ। गतवर्ष मैले विरुवा विक्रि गरी एक लाख चिनियाँ युआनभन्दा बढी पाएको थिएँ। धेरैजसो किसानले फूल र विरुवा पनि रोपेका थिए। त्यसबाट उनीहरुले धेरै पैसा पाएका थिए। हाल उनीहरुले मोटरगाडी, विद्युतीय उपकरण लिएका छन्, धेरैजसोले त घर पनि किनेका छन्।

             हाल श्री चाउ जहाँ जान पनि मोटर चढ्ने गर्छन् ।त्यसबाट उनलाई निकै सुविधा भएको छ

             हाल मैले किटनाशक औषधि किन्न पनि मोटरगाडी चढेर जान्छु। मोटरसाइकलभन्दा मोटरगाडीमा निकै सुविधा छ। मोटरगाडीमा चढेर जाँदा त्यति गर्मी पनि हुँदैन, त्यती जाडो पनि हुँदैन।

              स्यो पु गाउँ एउटा फूल र विरुवाको जन्मथलो मात्र होइन, एउटा महत्वपूर्ण औद्योगिक गाउँ पनि हो। केही वर्षदेखि यता स्यो पु गाउँ सरकारले "आर्थिक विकासले गाउँ निर्माणलाई सबल पार्ने, गाउँको निर्माणले आर्थिक विकास बढाउने" विषयलाई गाउँको विकासको बाटोमा राखेको छ। हाल गाउँमा निर्माण वस्तु, लुगाफाटा आदि मुख्य उद्योग विकसित भएका छन्। गत वर्ष त्यसबाट कूल औद्योगिक उत्पादित मात्रा चार अर्ब 70 करोड चिनियाँ युआन पुगी सन 2007को तुलनामा अठार प्रतिशतले बृद्धि भयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040