china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आँखाबारे चर्चाको पहिलो भाग
    (GMT+08:00) 2009-09-23 16:32:15    

          हामी सबैलाई आफ्नो शरिर स्वस्थ होस् कुनै रोग नलागोस् भन्ने चाहाना हुन्छ र त्यसको लागि हामी कस्‍रत गर्ने, पौष्टिक आहार सेवन गर्ने आदि गर्ने गर्दछौं । तर आफ्नो शरिर तथा स्वास्थको ध्यान दिँदा दिँदै पनि हाम्रो शरिरको सबैभन्दा महत्वपूर्ण अंग आँखाको बारेमा भने हामी मध्ये कमैले मात्र सोँच्ने गर्दछौं । आँखा हाम्रो शरिरको निकै नै संबेदनशील अंग भएको कारण संक्रमण पनि सजिलै हुने गर्दछ । यसलाई धूलो, धूवाँ, कीटाणु, जीवाणु आदिले सजिलै क्षति पुर्‍याउन सक्छ ।

          हामीहरु मध्ये धेरै जसोमा एउटा खराब बानी छ, समस्या नआई हल नखोज्ने । आँखाको कुरा गर्ने हो भने पनि त्यसतै छ । हामी आँखामा समस्या नपरेसम्म कहिले पनि जाँच गराएका हुँदैनौ जुन एकदम गलत हो । स्वास्थकर्मीहरुको अनुसार, हामीले नियमीत आँखाको जाँच गर्ने नगरेपनि भविष्यमा आउन सक्ने खतराबाट सचेत हुनका लागि केही नभए पनि २० देखि ३० वर्षम्म कम्तीमा एक पटक र ३० देखि ४० वर्षम्ममा दुइ पटक आँखाको जाँच गराउनुपर्छ ।

          बाल्यकालमा पनि नियमीत आँखा जँचाउनु जरुरी हुन्छ किनभने कतिपय बालबालिकालाई थाहा नै नपाउने गरि आँखामा समस्या हुने गर्दछ । क्रियाशील नभएको आँखा तथा डेढो आँखा जस्ता झट्ट हेर्दा देखा नपर्ने समस्याहरु बालबालिकाहरुमा देखा पर्न सक्छ, तर समय मै जँचाई यसको उपचार गर्ने भने नसकिने होइन ।

          उमेर सँगै आँखाको देख्‍ने शक्ति पनि परिवर्तन हुँदै जाने भएकोले बेलाबखतमा आँखाको जाँच गराउनु राम्रो हुन्छ । बेलैमा जाँच गराए मस्कुलर डिजेनरेसन ग्लुकोमा जस्ता आँखामा लाग्ने खतरनाक रोगहरुबाट मुक्त हुन सकिन्छ । अझै बढी उमेर भएका बुढापाकाहरुलाई मधुमेह जस्ता रोग पनि लाग्न सक्दछ । तर यी सबैको समयमा उपचार भए हामी स्वस्थ हुन सक्दछौं ।

          आँखालाई धूवाँ, धूलो, कीटाणुबाट बचाउन हामी बाहिर हिँड्ने बेला कालो चस्माको प्रयोग गर्न सक्दछौं । यस्ले त्यति मात्र नभई आँखामा चोटपटक लाग्नु र सूर्यको विकिरणबाट पनि जोगाउँछ । सूर्यबाट निस्किने विकिरण अर्थात अल्ट्रा भ्वाईलेट रेज आँखाको लागि हानिकारक छ । यस्तो विकिरण बिषेशतः हिउँ, पानीको सतह तिर घाम लागेको बेला बढी मात्रामा हुने गर्दछ । तपाईँ पनि कतै हिउँ भएको ठाऊँ वा पानि को सतह तिर घुम्न निस्किदै हुनुहुन्छ भने याद राख्‍नुहोस् कालो चस्माले तपाईंको आँखालाई धेरै मद्दत पुर्‍याउँछ ।

          कलकारखाना, प्रेस, घर बनाउने, काठको सामान बनाउने जस्ता निर्माण सम्बन्धी कार्य हुने ठाऊँमा काम गर्दा साना साना कणहरु उडेर आँखामा पस्ने सम्भावना बढी हुने गर्दछ । यस्तो काम गर्दा धेरै जसो सानो सानो कुराहरु उछिट्टिएर आँखा भित्र पस्ने खत्रा हुन्छ । त्यसैले त्यसतो ठाऊँमा काम गर्ने व्यक्तिले विषेश गरेर आफ्नो आँखाको ध्यान दिनुपर्छ । यस्तो काम गर्ने व्यक्तिहरुले सामान्य किसिमको चस्माको प्रयोग गर्न सकिन्छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040