 हाम्रा सम्बाददाताले पाएको जानकारीकाअनुसार, विदेशी विद्यार्थीहरुले स्नातक हुनका लागि चिनियाँ भाषा सिक्ने पढाइ शुल्क हरेक वर्ष तेंतीस हजार चिनियाँ युआन तिर्नुपर्छ। अंग्रेजी भाषाद्बारा सिकाउने पढाइ शुल्कमा हरेक वर्ष 45 हजारको चिनियाँ युआन तिर्नुपर्छ। यसका अतिरिक्त चिनियाँ भाषाद्बारा सिक्ने विदेशी स्नातकोत्तर तहका विद्यार्थी र डाक्टर विद्यार्थीले हरेक वर्ष बेग्लाबेग्लै अठ्तीस हजार र सतचालीस हजार चिनियाँ युआन तिर्नुपर्छ।
विद्यार्थीहरुको आर्थिक दवावलाई खुकुलो पार्नका लागि पैचिंग चिकित्सा विश्वविद्यालयले राष्ट्रिय सरकारी छात्रवृत्ति र पैचिंगमा अध्ययनरत् विद्यार्थीको छात्रवृत्ति प्रदान गरेको छ। यसका अतिरिक्त, विद्यालयले आफ्नो विदेशी विद्यार्थीहरुका लागि विशेष छात्रवृत्ति स्थापित गरेको छ। हरेक वर्ष सयौं जना विद्यार्थीहरुले यो छात्रवृत्ति पाएका छन्।
चिनियाँ चिकित्सा शिक्षामा व्यवहारिक अभ्यास निकै महत्वपूर्ण छ। पैचिंग चिकित्सा विश्वविद्यालयका प्रमुख काउ स व्हानले यसबारे यसरी बताउनुभयो।

हामीले विदेशी विद्यार्थीहरुलाई शिक्षा दिने क्रममा अपस्ताल गएर व्यवहारिक अभ्यास गर्न हाम्रो शैक्षिक विशेषता बनाएका छौं। हाम्रो विश्वविद्यालय मातहत तीन वटा अस्पताल छ। ती तीन वटा अस्पताल चीनमा प्रशिद्ध चिनियाँ चिकित्साको व्यवहारिक ठाउँ भएको छ। हाम्रा सबै विद्यार्थीहरुले त्यहाँ व्यवहारिक अभ्यास गरेका छन्। यसका साथै हामीले निरन्तररुपमा प्रत्यक्ष मातहत नभएका व्यवहारिक अभ्यास गर्ने अस्पताल खोजिरहेका छौं। अनि हामीले विदेशी विद्यार्थीहरुका पढाइ र चाहना बमोजिम तिनीहरुलाई यसै अस्पतालमा व्यवहारिक तालिम दिन पठाएका छौं।
प्रमुख काउ स व्हानले पैचिंग चिकित्सा विश्वविद्यालयबाट स्नातक भएका धेरै विदेशी विद्यार्थीहरुले विद्यालयमा निरन्तर अध्ययन गर्न छानेको कुरा बताउनुभएको छ। अन्य विदेशी विद्यार्थीहरु आफ्नो पढाइ सफलताका साथै पूरा भई आफ्नो देश फर्केर विश्वमा चिनियाँ चिकित्सा पद्धतिको प्रचारप्रसार गर्ने दूत बनेका छन्।
विदेशी विद्यार्थीहरु विद्यालयबाट स्नातक भएपछि आधारभूतरुपमा आफ्नो देश फर्केका छन्। तिनीहरुमध्ये कोहिले विश्वविद्यालयमा ज्ञान सिकाएर चिनियाँ चिकित्साको प्रचारप्रसार गरेका छन्। कोहिले अस्पतालमा स्थानीय सर्वसाधारणका लागि सेवा प्रदान गरेका छन्। उदाहरणका लागि मेक्सिको प्राविधिक विश्वविद्यालयमा खुलेको चिनियाँ चिकित्सा कक्षका प्रधान शिक्षक पनि हाम्रो विश्वविद्यालयबाट स्नातकोत्तर भएका डाक्टर हुन्।

|