china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मेरो विद्यालय मेरो घरसम्बन्धी विषयको पहिलो भाग
    (GMT+08:00) 2009-10-02 19:57:23    

               रोजगारी गर्नका लागि ग्रामीण क्षेत्रबाट शहर गएका मानिसहरुको संख्या बढ्दैजानुका साथसाथै हाल चीनमा लगभग दुइ करोड ग्रामीण वाल-वालिका आफ्ना बुवा-आमा रोजगारीका लागि ग्रामीण क्षेत्रबाट शहर पसेका कारणले नै उनीहरुलाई आफ्ना नातेदारहरुका घरमा छोडिएको छ। यसरी उनिहरु एकलो जीवन बिताउन विवश छन। ती केटा-केटीहरुले शिक्षा कसरी अझ राम्ररी ग्रहण गरेर स्वस्थ तथा आनन्दका साथ हुर्कनसक्ने भन्ने विषय चीनका शैक्षिक विभागका लागि एउटा महत्वपूर्ण कार्य-विषय बनिसकेको छ। कृषि प्रधानतामा रहेको प्रान्त- मध्य चीनको आन व्है प्रान्तले यसै क्षेत्रमा हितकर अनुभव गरेको छ। आजको कार्यक्रममा म तपाईंहरुलाई आन व्है प्रान्तको लिंग पि जिल्लामा पर्ने छान थांग नामको विद्यालय त्यहाँ उठ-बस गरिरहेका तथा पढिरहेका वाल-वालिकालाई हेर्न लैजाने छु।

               हाम्रा सम्बाददाताले छान थांग विद्यालयमा पस्दा फुर्तिला केटा-केटीहरु, उज्यालो तथा फराकिलो कक्ष, सुव्यवस्थित कोठा तथा भोजनालय, पुनर्निर्माण गरिरहेको खेल मैदान देखेका छन। सो विद्यालायका प्रमुख चौ छांग पिनले हाम्रा सम्बाददातालाई केही वर्षअघिको उक्त सामान्य प्राथमिक विद्यालय कसरी आवासीय विद्यालयका परिणत भयो भन्नेबारेमा जानकारी दिनुभएको छः

               सन् 2004 मा हाम्रो विद्यालयका एकजना विद्यार्थी पढ्नमा सधैं पछि परेका थिए। यसका साथसाथै, उनका परिक्षाको नतिजा पनि निरन्तररुपमा नराम्रो हुँदैगयो। त्यसपछि हामीले उनिसँग कुराकानी गर्दा उनका बुवा-आमा रोजगारी गर्नका लागि शहर गइसकेको, उनले आफ्ना बाजे र बज्यैसँग जीवन बिताइरहेको कुरा थाहा पायौं। तर उनले बाजे र बज्यैबाट त्यति राम्रो हेरचाह पाएका छैनन।

               यसबारेमा विद्यालयले छानबीन गरेपछि त्यति बेलाको छान थांग विद्यालयका धेरै विद्यार्थीहरुका बुवा-आमा रोजगारीका लागि शहर गएर ती केटा-केटीहरुलाई उनीहरुका बाजे-बज्यैले हेरचाह गरिरहनुभएको कुरा पत्तो लगाएको छ। आफ्ना बुवा-आमा बाहिर गएका कारण नै धेरै केटा-केटीहरुको बानी बिग्रेको छ। केही केटा-केटीहरुले लेख-पढमा अभिरुची देखाएका छैनन र कहिलेकाहीं विद्यालय छोडेर अन्यत्र जाने पनि गरेका छन।

               यस अवस्थामा छान थांग विद्यालयका प्रमुखलाई यस समस्याको समाधान गर्नका लागि शैक्षिक सोचाइमा परिवर्तन गर्नुपर्ने र नयाँ शैक्षिक तरिका खोज्नुपर्ने आवश्यकता अनुभव भयो जसबाट रोजगारीका लागि शहर पसेका आमा-बाबुद्बारा छोडिएका अझ बढी केटा-केटीहरुलाई विद्यालयमा शिक्षा दिनसकियोस र उनीहरुलाई उचितरुपमा हेरचाह गर्नसकियोस।

    क्रमशः

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040