
मार्च बाईस:
इंग्ल्याण्ड वर्तमान फुटबलको जन्मथलो मानिएको छ। फुटबलको प्रभावलाई विस्तार गर्नका लागि सन् 1888 मार्च महिनाको बाईस तारिख इंगल्याण्ड फुटबल संघले राष्ट्रिय फुटबल लीगको स्थापना गर्ने निर्णय गरेको थियो। त्यो पनि विश्वको सबैभन्दा पहिलो व्यावसायिक फुटबल लीग हो। त्यसबेला बाह्रवटा फुटबल टीमले पहिलो लीगमा भाग लिएका थिए। अन्तमा प्रेस्टोन टीमले च्याम्पियनशीप प्राप्त गरेको थियो।
हाम्रो जीवन, व्यापार, कृषि आदि क्षेत्रमा पानीको माग बृद्धि हुँदैआएको छ। त्यसबाट देखिएको पानीको संकटको समाधान गर्नका लागि लामो समयदेखि यता संयुक्त राष्ट्र संघले प्रयास गरिरहेको छ। सन् 1977 मा आयोजित संयुक्त राष्ट्र संघको पानी सम्बन्धी सम्मेलनमा निकट भविष्यमा पानी एक सामाजिक संकट हुने र तेल संकटपछि अर्को संकट हुने कुरा घोषणा भयो। सन् 1933 जनवरी महिनाको अठार तारिख संयुक्त राष्ट्र संघको सत्चालीसौँ महाधिवेशनले हरेक वर्षको मार्च महिनाको बाईस तारिखमा विश्व पानी दिवस मनाउने निर्णय गरेको थियो।

मार्च तेईस तारिख:
सन् 1950 मार्च महिनाको तेईस तारिख विश्व मौसम संगठनको स्थापना भयो। सन् 1960 विश्व मौसम संगठनले हरेक वर्षको मार्च महिनाको तेईस तारिखलाई विश्व मौसम दिवसको रुपमा मनाउने निर्णय गरेको थियो। साथै विश्व मौसम संगठनले त्यस दिन विभिन्न कार्यक्रमको आयोजना गरी मौसम-विज्ञानको भूमिकाबारे प्रचार प्रसार गर्नका लागि विभिन्न मुलुकलाई आग्रह गर्यो।
सन् 2004 मार्च महिनाको तेईस तारिख चीन र द कमन वेल्थ अफ डोमिनिकाबीचको कुटनीतिक सम्बन्धको स्थापना भयो। सोही वर्षको जून महिनाको सोह्र तारिख द कमन वेल्थ अफ डोमिनिकाका लागि चीनको राजदूताबासको उद्घाटन समारोह राजधानी रोसिउमा आयोजना भयो।
मार्च चौबीस :
सन् 1980 चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले क्वाँग चौमा क्वाँग तुँग प्रान्त र फु च्यान प्रान्तको सम्मेलनको आयोजना गरी औपचारिक रुपमा निर्यात विशेष क्षेत्रको नाम छोडेर आर्थिक विशेष क्षेत्रको नाम दिएको थियो। सोही वर्षको अगष्ट महिना चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिले क्वाँग तुँग प्रान्तको शन चन, चु हाइ र शान थौ तथा फु च्यान प्रान्तको स्या मनमा आर्थिक विशेष क्षेत्र स्थापना गर्न स्वीकार गरेको थियो।

सन् 1999 मार्च महिनाको चौबीस तारिख अमेरिकाको नेतृत्वमा रहेको नेटोले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदद्वारा स्वीकार नगरेकोमा संघीय गणतन्त्र युगोस्लाभियालाई अठहतर दिनसम्म सैनिक आक्रमण गरेको थियो। त्यसबाट हजारौँ बासिन्दाहरुको मृत्यु हुनुका साथै छ हजार जनाभन्दा बढी घाइते भएका थिए। मे महिनाको आठ तारिख अमेरिकी सैनिक विमानले संघीय गणतन्त्र युगोस्लाभियाका लागि चीनको राजदूताबासमा आक्रमण गरेको थियो। त्यसबाट चीनका तीन जना पत्रकारको मृत्यु हुनुका साथै बीस जनाभन्दा बढी कुटनीतिज्ञहरु घाइते भएका थिए। नेटोको बर्बर गतिबिधिको चीन तथा विश्वका जनताले कडा निन्दा गरे।
|