नरम छाला मान्छेका लागि विशेषगरी महिलाहरुका लागि मनपर्ने कुरा हो। छाला विशेषत: अनुहारको छाला नरम हुनु महिलाहरुलाई ज्यादै मन पर्ने कुरा हो। आज म तपाईंलाई छाला नरम बनाउने नौवटा कुराबारे अवगत गराउँदैछु।
मान्छे सुत्ने बेला छालाका कोशिकाहरु ज्यादै जीवन्त हुन्छन्। छालाको मेटाबोलिजमबाट छालाले अझ बढी पोषण लिन, छालामा बाँकी रहेका अतिरिक्त फोहर वस्तुको निश्काशन गर्न र छालाका कोशिकाहरु पुन: उत्पन्न हुन सक्छन्। यसो हुनाले राम्रोसँग सुत्नु पनि मानिसको छाला नरम बनाउँन र आँखा तेजिलो हुनका लागि हितकर हुन्छ। अब म सुत्नुअघिका नौवटा कुराबारे चर्चा गर्दैछु।
पहिलो कुरा, हरेक बेलुकी भात टन्न हुनेगरी खानु हुँदैन। बढी खाना खाएमा सुत्ने बेलामा पेटमै रगत जम्मा हुने भएकाले अनुहारमा बगिरहेको रगतको मात्रा घट्न जान्छ । त्यसो हुनाले अनुहारको छालाको रङ्गलाई असर पार्ने सम्भावना हुन्छ। यसबाहेक, भात खाँदा थोरै तेल, नून र मदिरा लिनु निकै राम्रो हुन्छ। किनकि बढी तेल, नून र मदिरा खाएमा बिहान उठ्दा अनुहार विशेषत: आँखा वरिपरिको छाला सुन्निने हुन्छ।

दोस्रो कुरा, सुत्नुअघि अनुहारको क्रिम आदि वस्तुहरुलाई पूराका पूरै मेटाउनुपर्छ। अनुहारलाई सफा पार्नु नै राति विशेषत: सुत्ने बेला छालाका लागि सास फेर्न, नरम र अन्य फोहर वस्तु निष्काशित हुनका लागि ज्यादै फाइदाजनक हुन्छ। अनुहार धुने तरिका बेठिक भए अथवा अनुहारमा रङ्ग्याइने वस्तुलाई पूराका पूरै मेटाउन नसकिएमा छाला खस्रो बन्ने सम्भावना हुन्छ। यसैले सुत्नुअघि कपासद्बारा अनुहार विशेषगरी आँखा वरिपरिको छालालाई राम्ररी सफा गर्नुपर्छ।

तेस्रो कुरा, सुत्नुअघि खाएपछि बाँकी रहेको चियालाई आँखा वरिपरिको छालामा दश मिनेटसम्म राख्नु राम्रो हुन्छ। चिया सुकेपछि त्यसलाई छालाबाट झिक्नुपर्छ। अनि छालामा आँखामा दूधको तर राख्नु राम्रो हुन्छ। जसले गर्दा आँखा वरिपरिको छालालाई नरम पार्न र अनुहारमा चाउरी उत्पन्न हुन नदिनका लागि सघाउ पुग्नेछ।

चौथो कुरा, दूधले अनुहार धुनु ज्यादै राम्रो हुन्छ। अनुहार धुने पानीमा केही दूध हालेमा छालालाई नरम पार्नका लागि ज्यादै सहयोगी हुन्छ। अनुहार धोएपछि केही दूधको तरलाई पूरै अनुहारमा राख्नुपर्छ। अर्को बिहान उठेपछि तपाईंले आफ्नो अनुहारको छाला बच्चाको जस्तै ज्यादै सेतो, नरम र ताजा हुने खुशीको कुरा देख्न सक्नुहुन्छ!
|