 मार्च पच्चीस:
सन् 2002 मार्च महिनाको पचीस तारिख राति दश बजेर पन्ध्र मिनेट चीन आफैँले अध्ययन गरी बनाएको शन चौ नंबर तीन नामक अन्तरिक्ष-यानलाई सफलताका साथ प्रक्षेपण गरिएको थियो।
मार्च छबीस:
बीथोभनलाई विश्वप्रसिद्ध प्रस्तोता , योजनाकार तथा र रचनाकार मानिएको छ। तर सत्ताईस वर्षकै उमेरमा उहाँ बहिरा हुनुभयो र उहाँले माया गरेका महिलाहरुले एकपछि अर्को गरी आफूलाई छोडेर गए। त्यसबाट बीथोभनको सृजनात्मक आवेगलाई उत्तेजित भयो। त्यसपछि उहाँले अनेकौँ प्रसिद्ध गीत रचना गर्नुभयो। साथै बीथोभन संगीत सम्राट मानिएका थिए। सन् 1827 मार्च महिनाको छब्बीस तारिख बीथोभनको मृत्यु भयो।

मार्च सत्ताइस:
सन् 1987 मार्च महिनाको सत्ताईस तारिखदेखि उनान्तीस तारिखसम्म चीनको पहिलो विशेष ओलम्पिक खेलकुद शन चनमा आयोजना भयो। सारा चीनबाट आएका चौधवटा टीमका तीनसय चौध जना खेलाडीहरु उक्त खेलकुदका ट्रेक एण्ड फिल्ड, टेबल टेनिस, फुटबल तीन प्रतियोगितामा सहभागी भए।

मार्च अठाईस:
सन् 1868 मार्च महिनाको अठाईस तारिख रुसका प्रसिद्ध लेखक माक्सिम गोर्कीको जन्म भयो। आमा बाबु मरेकाले दश वर्षकै उमेरमा उहाँले काम गर्न शुरु गर्नुभयो। चिसो र भोकबाट पीडित भएका गोर्कीले सक्दो प्रयास गरी युरोप शास्त्रीय साहित्य, दर्शनशास्त्र र प्राकृतिक विज्ञान आदि क्षेत्रको ज्ञान सिक्नुभयो। 24 वर्षकै कलिलो उमेरमा उहाँले आफ्नो पहिलो लेख प्रकाशित गर्नुभयो। सन् 1906मा उहाँको प्रतिनिधि लेख एवम लामो उपन्यास 《आमा》 प्रकाशित भयो।
|