मान्छे सुत्ने बेला छालाका कोशिकाहरु ज्यादै जीवन्त हुन्छन्। छालाको मेटाबोलिजमबाट छालाले अझ बढी पोषण लिन, छालामा बाँकी रहेका अतिरिक्त फोहर वस्तुको निश्काशन गर्न र छालाका कोशिकाहरु पुन: उत्पन्न हुन सक्छन्। यसो हुनाले राम्रोसँग सुत्नु पनि मानिसको छाला नरम बनाउँन र आँखा तेजिलो हुनका लागि हितकर हुन्छ। सुत्नुअघिका नौवटा कुरा ज्यादै महत्वपूर्ण हुन्छ।
पाँचौं कुरा, दिनभरि धेरै पटक गरी अनुहार धुनु हुँदैन। अनुहारमा छालाका लागि केही आवश्यक रासायनिक तत्वहरु हुन्छन्। धेरै पटक गरी अनुहार धोएमा छालालाई चाहिने तत्वहरू पनि मेटिन सक्छन्। यसैकारण दिनभरि बढीमा तीन पटक जति अनुहार धुनु राम्रो हुन्छ।

छैठौं कुरा, ठीक तरिकाले अनुहारको मालिश गर्नु ज्यादै राम्रो हुन्छ। फुर्सद भयो भने प्रत्येक औंलामा भिटामिन ई. लिएर पूरै अनुहारमा मालिश गर्नुपर्छ। किनभने भिटामिन ई.ले छालालाई ताजा र नरम कायम राख्नका सघाउ पुर्याउँछ। अनुहारबाहेक, भिटामिन ई.द्बारा हात र खुट्टाका छालामा लगाउनु पनि राम्रो हुन्छ।

सातौं कुरा, प्रत्येक राति सुत्नुअघि तातो पानीले खुट्टा धुनु ज्यादै फाइदाजनक हुन्छ। तातो पानीले खुट्टा धुनु शरीरमा रगतको चक्रबद्धताका लागि हितकर हुनुका साथै मान्छे सजिलोसँग सुत्नका लागि पनि सघाउ पुग्छ। ल, एउटा कुरा नबिर्सनुस् है! तातो पानीद्बारा खुट्टा धोएपछि खुट्टामा छालामा दूधको तर लगाउनुपर्छ। किनकि खुट्टा धोएपछि छालामा रहेका पसिना निस्कने साना प्वालहरु खुला हुन्छन्। दूधको तर लगाएर ती प्वालबाट छालाले पोषण लिनसक्छ। तर जति सक्दो छिटो गरी दूधको तर नलगाएमा छाला सुख्खा हुने सम्भावना हुन्छ।
आठौं कुरा, हरेक दिन सुत्नुअघि शरीर निष्ठापूर्वक सफा गर्नु ती नौवटा कुरामध्येको एउटा ज्यादै महत्वपूर्ण कुरा हो। सुत्नुअघि राम्ररी नुहाउने कुराले दिनभरि शरीरको थकाईलाई प्रभावकारी रुपमा मेटाउन सक्छ। साथै नुहाउने पानीको तापक्रमको पनि ख्याल विचार गर्नुपर्छ। सामान्य रुपमा तीसदेखि पैंतीस डिग्री सेल्सियमसम्मको पानी नुहाउनका लागि सबभन्दा उपयुक्त हुन्छ। अनि सुत्ने बेलामा खुकुलो रात्री पोशाक लगाउनु निद्राका लागि पनि फाइदाजनक हुन्छ।

नवौं कुरा अर्थात् अन्तिम कुरा, सुत्नुभन्दा एक/दुई घण्टाअघि एक कप दूध खानु ज्यादै राम्रो हुन्छ। ताजा दूध छाला नरम र सेतो बन्नका लागि उपयुक्त चीज हो। यसका अतिरिक्त, दूध खाएपछि मानिस विशेषत: काम अलि व्यस्त भएका मानिसको तनावपूर्ण स्नायुलाई खुकुलो पार्नका लागि सघाउ पुग्नेछ। यसो हुनाले दूध खाएपछि तपाईं आनन्दसँग सुत्नसक्नुहुन्छ।
सुत्नुअघिका नौवटा टिप्सबाट तपाईं विशेषत: महिला साथीको छाला नरम र राम्रो बन्नका लागि सहयोग हुनसक्ने मेरो कामना छ।
|