 मार्च उनान्तीस:
सन् 1965 मार्च महिनामा अमेरिकाले सेनालाई पठाएर भियतनाममाथि आक्रमण शुरु गर्यो। साथै भियतनामी जनताले चौतर्फी रुपमा अमेरिकाको विरोध गरी स्वदेशलाई बचाउने युद्ध शुरु गरे। सन् 1968 जनवरी महिनाको अन्तमा दक्षिणी भियतनामका सेनाले पैंतालीस दिनसम्म"वसन्त प्रहार"गरी एक लाख पचास हजार जना शत्रुलाई मारेका थिए। सन् 1969 मा असी प्रतिशत दक्षिणी भियतनामको मुक्ति भयो।
साथै अमेरिकामा युद्धविरोधी आन्दोलन पनि चर्कँदै आएको थियो। सन् 1973 जनवरी महिना अमेरिकाले युद्ध विराम गर्ने र भियतनाममा शान्ति स्थापना गर्ने"पेरिस सम्झौता"मा हस्ताक्षर भएको थियो। त्यसबाट भियतनामले अमेरिकाको विरोध गरी स्वदेश बचाउने युद्धमा निर्णायक विजय प्राप्त गरेको देखिएको छ। सन् 1973 मार्च महिनाको उनान्तीस तारिख अमेरिकाले दक्षिण भियतनामबाट आफ्नो अन्तिम खेपका सेना फिर्ता गरेर दश वर्षसम्मको आक्रमक युद्धलाई समाप्त गरेको थियो।

मार्च तीस तारिख:
सन् 1980 मा रोनाल्ड रेगन चालीसौँ अमेरिकी राष्ट्रपति निर्वाचित हुनुभयो। उहाँ अमेरिकी इतिहासमा सबैभन्दा पामा उमेरका राष्ट्रपति मात्र नभई एक अभिनेता पनि हुनुहुन्छ। तर निर्वाचित हुनुभएको दुई महिनामा नै उहाँको दुर्भाग्य सुरु भयो। सन् 1981 मार्च महिनाको तीस तारिख उहाँले वाशिन्टनमा रहेको हिल्टोन होटेलमा सम्बोधन गर्न जानुभएको थियो। सम्बोधन सम्पन्न भएपछि होटेल बाहिर पत्रकारसँग कुराकानी गर्ने क्रममा अकस्मात उहाँलाई गोली काण्डमा पर्नुभयो। तर भाग्यवश उहाँका अंगरक्षकले आफ्नो शरिरले छेकेर राष्ट्रपतिलाई संरक्षण गरेका थिए। हत्याराले छ वटा गोली हानेको थियो। गोलीले प्रत्यक्ष रुपमा रेगनलाई नहानेको भए पनि बुलेट प्रुफ कारबाट ठोक्किएर उहाँको छातीमा लागेको थियो। तत्कालीन श्री रेगन सत्तरी वर्ष उमेरका पाका भएता पनि बाह्र दिनपछि उहाँ स्वास्थ्य भई ह्वाइट हाउस फर्कनुभयो। सन् 1984 नोभेम्बर महिना उहाँले राष्ट्रपतीय निर्वाचनमा पुनः विजय प्राप्त गर्नुभयो।
सन् 2002 मार्च महिनाको तीस तारिख विहान दश बजेर पचपन्न मिनेटमा थुँग आन नामक यात्रुवाहक जहाजले फु च्यान प्रान्तको फु चौ, स्या मन, छ्योन चौ, फु थ्यान र चाँग चौका एक सय बीसजना थाइवानी व्यापारी लिएर स्या मनको "शान्ति बन्दरगाह" छोडेर चिन मन पुग्यो। जल-डमरुका दुई किनारबीच बन्द भएको पचास वर्षभन्दा बढी समयदेखि यता थाइ वानी व्यापारीले छिँग मिन चे चाडका अवसरमा स्या मनबाट प्रत्यक्ष रुपमा चिन मन फर्केको यो पहिलो पटक हो।

मार्च एकतीस तारिख:
सन् 1889 मार्च महिनाको एकतीस तारिख एफिल टावर सफलताका साथ स्थापना भयो। त्यसबेला देखि एफिल टावर पेरिसको प्रतीक बन्यो। पेरिसमा उक्त टावरलाई फलामे महिला पनि भनिन्छ। एफिल टावर न्यूयोर्कको सम्राट राज्य भवन तथा टोकियोको टेलिभिजन टावरसमेत तीनवटा भवन प्रसिद्ध मानिएका छन्। सन् 1930 सम्म तीन सय मिटर उचाइको उक्त एफिल टावर सधैँ नै विश्वका सबैभन्दा अग्लो भवन थियो। हाल टावरमा रेडियो र टेलिभिजनको एरियल थपेर टावरको कूल उचाइ तीन सय बीस मिटर पुर्याएको छ। टावरबाट सारा पेरिस देख्नसकिन्छ। त्यसैगरी विश्वका पर्यटकहरु यहाँ आउन निकै मन गर्दछन्।
|