china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सुन्तलाको फाइदाबारे चर्चाको पहिलो भाग
    (GMT+08:00) 2009-10-21 15:52:14    

          हामी सबैले फलफूल त खाएको नै हुनुपर्छ । फलफूल मध्ये पनि सुनतला सुलभ भएकोले धेरै जसोलाई मनपर्ने फलफूल हो । सुन्तला मिठोमात्र नभई यसलाई पौष्टिकताले भरिपूर्ण फलको रुपमा लिइन्छ । यसमा पाइने विभिन्न किसिमका पौष्टिक तत्त्वहरु स्वास्थ्यका लागि लाभदायक हुन्छन् । साथै यस्ता तत्त्वले विभिन्न किसिमका रोग न्यून गर्न पनि मद्दत मिल्छ । त्यसैले सुन्तलालाई बहुउपयोगी फलको रुपमा लिइन्छ ।

          सुन्तलाको मूल थलो दक्षिण-पूर्वी एसियामा भए पनि अहिले संसारका सबैजसो मुलुकमा यसको उत्पादन हुने गरेको छ । गुलियो स्वादका कारण यस फललाई धेरैले खान रुचाउँछन् । साथै संसारमै बढी प्रयोग गरिने फलहरुमध्ये यो पनि एक रहेको छ ।

          सुन्तलाको बोक्रा छोडाएर सोझै खान सकिन्छ । आजभोलि यसको जुस पनि धेरैले मन पराउने गरेका छन् । जुस खान सजिलो हुने भएकाले बूढाबूढी र केटाकेटीका लागि त झन् उपयोगी हुन्छ । त्यसैले आजकल सुन्तलाको जुस बजारमा बढी नै बिक्री हुने गरेको पाइन्छ । बोक्रा छोडाएर वा जुस बनाएर जसरी उपभोग गरे पनि सुन्तला स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । सुन्तलाको बोक्रा खानामा सजावटका लागि पनि प्रयोग गरिन्छ ।

          साथै केही औषधिहरुको लागि पनि यसको प्रयोग गरेको पाइन्छ । सुन्तला वा यसको जुसले शरीरमा स्फूर्ति बर्ढाई ऊर्जा दिने हुनाले कमजोर शरीर भएका व्यक्तिहरुका निम्ति यो अमृतसरह नै हुन्छ ।

          धेरैजसो फलफूलमा क्यालोरीको मात्रा कमै हुने गर्छ किनभने धेरै जसो फलफूमा पानीको मात्रा बढी हुने गर्दछ त्यसैले फलफूलमा पाइने क्यालोरीको श्रोत प्राकृतिक चिनी नै हो । सुन्तलामा पनि ८५% पानी हुन्छ । त्यसैले यसमा पनि कम क्यालोरी हुन्छ ।

          सुन्तलाको जुस गुलियो मिठो त छँदै छ यसले शरीरलाई फाइदा पनि निकै नै गर्दछ । एक गिलास शुद्ध सुन्तलाको जुस पिउनाले हाम्रो शरीरलाई चाहिने धेरै पौष्टिक तत्व प्राप्त गर्न सक्छौं । सवास्थ्यकर्मीहरु भन्ने गर्छन् एक गिलास सुन्तलाको जुस पिउनु र ५ थरी फलफूल वा तरकारी खानु बराबर हुन्छ । सुन्तलाको जुस धेरै किसिमको पाइने भए पनि शुद्ध जुस नै स्वास्थ्यको लागि लाभदायी हुन्छ किनभने यसमा बिभिन्न थरीको अरु मिसावत तत्वहरु हुँदैन ।

          सुन्तलामा प्रशस्त क्याल्सियम हुने भएकाले यसको सेवनबाट हाडको सुरक्षा हुनुका साथै हाड मजबुत बनाउन मद्दत पुग्छ । यसमा बेटा क्यारोटिन को उपस्थित रहने हुँदा मजबुत एन्टिअक्सिडेन्टको काम गरी कोषहरु टुट्न र ब्रि्रनबाट जोगिन मद्दत पुग्छ । नाकबाट बढी सिँगान बग्नेजस्ता समस्या पनि सुन्तला खाने गर्नाले कम हुन्छ । साथै हरेक दिन सुन्तलाको सेवन गर्दा दाँतको उचित हेरचाह हुने विश्वास पनि छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040