 अप्रिल एक तारिख:
एशियाको दक्षिणमा रहेको भारत दक्षिण एशियाको सबैभन्दा ठूलो मुलुक हो। चीन, पाकिस्तान, नेपाल, भुटान, म्यान्मार र बंगलादेशको छिमेकी मुलुकको रुपमा रहेको भारत विश्वका पुरानो सभ्यता भएकामध्येको एक हो। सन् 1950 अप्रिल महिनाको एक तारिख चीन र भारतबीचको कुटनीतिक सम्बन्ध स्थापना भयो।
अप्रिल दुई तारिख:
सन् 1992 अप्रिल महिनाको दुई तारिख चीन र अजरबैजानले दुई देशबीचको कुटनीतिक सम्बन्ध स्थापना भएकोमा दुई पक्षले हस्ताक्षर गरे।
अप्रिल तीन तारिख:
सन् 1949 मार्च महिनाको चौबीस तारिखदेखि अप्रिल महिनाको तीन तारिखसम्म चीनको राष्ट्रिय महिला पहिलो प्रतिनिधि सम्मेलन पैचिँगमा आयोजना गरियो। त्यसपछि अखिल चीनको राष्ट्रिय प्रजातन्त्रिक महिना संघ स्थापना भयो। सन् 1957 सेप्टेम्बर महिना अखिल चीनको राष्ट्रिय महिला संघको नाम परिवर्तन भयो।

अप्रिल चार तारिख:
पुरानो ग्रिसलाई ओलम्पिक खेलकुदको जन्मथलो मानिन्छ। ईशापूर्व 1000 भन्दा अघि पुरानो ग्रिसमा हरेक चार वर्षमा एक पटक धार्मिक चाडहरुको आयोजना गरिन्थ्यो। तीमध्ये सबैभन्दा प्रसिद्ध चाड ओलम्पिकमा आयोजित देवताहरुका देवता मानिएका जेउसको पूजागर्ने चाड हो। खेलकुद प्रतियोगिता उक्त चाडको कार्यक्रमहरुमध्येको एक हो।
इशा पूर्व 776 मा आयोजित ओलम्पिक खेलकुद पहिलो ओलम्पिक खेलकुद मानिएको छ। चालीस हजार जना सहभागी उक्त ओलम्पिक खेलकुदमा पुरुषलाई मात्र खेलमा भाग लिन स्वीकार गरिएको थियो। चौथो सताब्दीमा रोमका धर्मगुरुले ओलम्पिक खेलकुद गर्न अनुमति दिनुभएन। फ्रान्सेली व्यक्तित्त्व पिएर द कुबेर्टिनले आधुनिक ओलम्पिक खेलकुदको सुरुआत गर्नुभयो।

सन् 1894 मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको स्थापना भयो। सन् 1896 अप्रिल महिनाको चार तारिख ग्रिसको एथेन्समा पहिलो आधुनिक ओलम्पिक खेलकुद आयोजना भयो। त्यसपछि हरेक चार वर्षमा आयोजना भइरहेको छ।
सन् 1949 अप्रिल महिनाको चार तारिख अमेरिका, बेलायत, फ्रान्स, हल्याण्ड, बेल्जियम, लग्जेम्वर्ग, क्यानाडा, डेन्मार्क, नर्वे, आइसल्याण्ड, पोर्चुगल र इटलीले वाशिन्टनमा उत्तर एट्लान्टिक सन्धिमा हस्ताक्षर गरेर उत्तर एट्लान्टिक सन्धि संगठन अर्थात् नेटोको स्थापना भयो। हाल उनान्तीसवटा सदस्य मुलुक भएको नेटोको मुख्यालय ब्रुसेल्समा रहेको छ।
|