china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सुन्तलाको फाइदाबारे चर्चाको दोस्रो भाग
    (GMT+08:00) 2009-10-28 10:30:48    

          सुन्तलाको बोक्रा छोडाएर सोझै खान सकिन्छ । आजभोलि यसको जुस पनि धेरैले मन पराउने गरेका छन् । जुस खान सजिलो हुने भएकाले बूढाबूढी र केटाकेटीका लागि त झन् उपयोगी हुन्छ । त्यसैले आजकल सुन्तलाको जुस बजारमा बढी नै बिक्री हुने गरेको पाइन्छ । बोक्रा छोडाएर वा जुस बनाएर जसरी उपभोग गरे पनि सुन्तला स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । सुन्तलाको बोक्रा खानामा सजावटका लागि पनि प्रयोग गरिन्छ ।

          सुन्तलामा म्याग्निसियम रसायनिक तत्व हुने भएकाले यसले शरीरको रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । यस्तै दिनहुँ सुन्तलाको जुस पिउनाले शरीरमा असल कोलेस्टेरोलको मात्रा बढ्न जाने हुँदा असल कोलेस्टेरोल र खराब कोलेस्टेरोलको मात्रा शरीरमा सन्तुलित भई कोलेस्टेरोलको समस्या नियन्त्रण हुन्छ ।

          यसैगरी सुन्तलामा भिटामिन प्रशस्त रहने हुँदा रगतमा चाहिँदो मात्रामा हेमोग्लोबिन उत्पादन गर्न मद्दत पुग्छ । साथै यसमा पाइने फोलिक एसिडका कारण मस्तिष्कको विकास हुन्छ । बच्चाको मस्तिष्क विकासको निम्ति फोलिक एसिड बढी जरुरी पनि हुन्छ । सुन्तलामा पोटासियमको मात्रा बढी हुनाले हृदयग्रन्थिहरु स्वस्थ रहन मद्दत पुर्‍याऊँछ ।

          हामीलाई बेलाबखतमा रुघाले सताईराखेको नै हुन्छ । सुन्तलाले रघाबाट बच्न महत्वपूर्न भूमिका खेल्ने गर्ने गर्दछ । यसमा रहेका भिटामिनहरु र अन्य पौष्टिक तत्वहरुले हामीलाई रुघाबाट बच्न सघाऊँछ । नियमित सुन्तलाको जुस अथवा सुन्तला खाएमा हामीलाई कमै रुघा लाग्ने गर्दछ ।

          सुन्तलामा प्रस्सत मात्रामा फाईबर हुने भएकोले पाचनमा धेरै मद्दत पर्‍याउने गर्छ । यसको साथै झाडापखाला लाग्नबाट पनि बचाउने गर्छ । सुन्तलाको सेवनले मृगौला रोग तथा क्यान्सर हुनबाट पनि बच्न सकिन्छ । कतिपय मानिसहारु सुन्तलाले छालामा चमक ल्याऊँछ भन्ने कुरामा पानि विश्वास गर्न गर्छन् ।

          सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्दत मिल्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ भने आर्थराइटिस दम, ब्रोङ्काइटिस, रुघाखोकी, डिस्पेप्सिया, ज्वरो, मुटुको रोग, इन्फ्लुएन्जा आदिका रोगीलाई फाइदा पुर्‍याउँछ । त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, क्षयरोग -टिबी), टाइफाइड, मधुमेह, उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक हुन्छ । रक्सीको लतलाई पनि यसले कम गर्न सक्छ ।

          यी सबै कुरालाई ध्यानमा राखी, बजारमा जुन पायो त्यहि जुस पिउनु भन्दा दिनहुँ शुद्ध सुन्तलाको जुस पिउने बानी बसाले स्वास्थ हुन सक्छौ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040