 अमेरिकी प्राथमिक तथा माध्यमिक विद्यालयका चार सय तीस जनाभन्दा बढी प्रधानाध्यापकहरु तथा शैक्षिक पदाधिकारीद्वारा गठित प्रतिनिधि मण्डलले हालै चीनको भ्रमण सम्पन्न गरेको छ। एक सातासम्म चलेको यस भ्रमणका क्रममा उहाँहरु चीनका विभिन्न स्थान गएर स्थानीय प्राथमिक तथा माध्यमिक विद्यालयसित साझेदारी सम्बन्धको स्थापना गर्नुभएको छ। यसका साथै उक्त प्रतिनिधिमण्डल र चीन सरकारबीच भाषिक तथा सांस्कृतिक क्षेत्रको सहयोगलाई गहिरो पार्ने पक्षमा सहमति भएको छ। आजको कार्यक्रममा हामीले अमेरिकी प्राथमिक तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकद्वारा गठित प्रतिनिधि मण्डलको चीनको भ्रमणबारे जानकारी दिन लागेका छौं।
"चिनियाँ भाषा पुल—अमेरिकाका प्राथमिक तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको चीन भ्रमण"नामक परियोजनाले यस पल्टको भ्रमण कार्यक्रमलाई व्यवहारमा उतारेको छ। चीनको कन्फ्युसियस इन्स्टिट्युटको मुख्यालय र अमेरिकी प्राथमिक माध्यमिक विद्यालयहरुमा विस्तृत प्रभाव शक्तिसहित अमेरिकी कलेज बोर्डले सन् 2006मा संयुक्तरुपमा यी"चिनियाँ भाषा पुल"परियोजनाको स्थापना गरेको हो। हालसम्म भाषिक साँस्कृतिक सहयोगको प्रायरुपभित्र अमेरिका सरकार र चीन सरकारद्बारा परिमाणमा गरिएको सबैभन्दा ठूलो भएको शैक्षिक आदानप्रदान परियोजना यो परियोजना हो। चार वर्षको अवधिमा लगभग दुइ हजार जना अमेरिकी प्राथमिक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु र शैक्षिक पदाधिकारीले चीनको भ्रमण गर्नुभएको छ। उहाँहरुले चीनको विद्यालयको जीवनलाई विस्तृतरुपमा अनुभव गरी चीनमा दिनप्रदान देखा परेको परिवर्तन तथा विकास प्रत्यक्षरुपमा हेर्नुभएको छ। यसका साथै उहाँहरुको प्रयासमा चीनको तथा अमेरिकाका अनेकौं विद्यालय बीचमा मैत्रिपूर्ण सम्बन्धको स्थापना भएको छ।

अमेरिकी प्रतिनिधि मण्डलका धेरै सदस्यहरु यसअघि चीनको भ्रमण गरिएको थिएन। उहाँहरुले किताबमा मात्र चीनसम्बन्धी अवस्थाबारे जानकारी लिनुभएको थियो। यस पल्टको चीनको भ्रमणद्बारा उहाँहरुले चीनको सर्वसाधारण,शिक्षक-शिक्षिका र चिनियाँहरुको जीवनलाई छोएपछि यसअघि उहाँहरुको विचारमा पूर्णरुपमा विरुद्ध चीनलाई अनुभव गर्नुभएको छ। त्यस गरी उहाँहरु चिनियाँ भाषा तथा चीनको संस्कृति सिक्न निकै महत्वपूर्ण लाग्नुभएको छ। अमेरिका फर्केपछि चिनियाँ भाषा तथा चीनको संस्कृतिको प्रचारप्रसारलाई महत्व दिने निर्णय उहाँहरुले गर्नुभयो। उदाहरणका लागि अझ बढी मानिसलाई चीनबारेको जानकारी गराउने र चिनियाँ भाषा तथा चीनको संस्कृतिलाई सिकाउने दिनका लागि सम्प्रदायमा केही कार्यक्रमको आयोजना हुने छ।
अमेरिकी प्रतिनिधि मण्डलका लागि आयोजित स्वायत्त समारोहमा कन्फ्युसियस इन्स्टिट्युट मुख्यालयले अमेरिकी पाहुनालाई चिनियाँ भाषा सिक्ने सामग्री,संस्कृतिसम्बन्धी किताब र चिनियाँ भाषा प्रशिक्षण गर्ने सहयोगात्मक प्रबन्धहरु वितरण गरेको छ। यसका अतिरिक्त,कन्फ्युसियस इन्स्टिट्युट मुख्यालयका महाप्रबन्धक श्रीमती श्युइ लिनले अमेरिकी कलेज बोर्डसित सहयोगसम्बन्धी सम्झौता पत्र 2009मा हस्ताक्षर गर्नुभयो। कन्फ्युसियस इन्स्टिट्युट मुख्यालयका महत्वपूर्ण पदाधिकारी को लि फाँगले सो सम्झौतापत्रको विषयबारे यसरी जानकारी दिनुभएको छ
शिक्षक-शिक्षिकालाई तालिम दिने अनेको कार्यक्रम संयुक्तरुपमा आयोजना हुने वचन पनि दिएका छन्।

हामीले पहिलेको सहयोगको नतिजालाई श्रेष्ठ पारेर यस वर्षको सम्झौता तर्जुमा गरेका छौं। सम्झौतामा दुबै पक्षले अमेरिकी प्राथमिक तथा माध्यमिक विद्यालयमा चिनियाँ भाषाको अझ बढी मात्रामाम प्रचारप्रसार गर्नका लागि अझ बढी प्रयास गर्ने वचन दिएका छन्। यसका साथै दुबै पक्षले अमेरिकी प्राथमिक तथा माध्यमिक विद्यालयमा अझ बढी चिनियाँ भाषा प्रशिक्षण स्वयंसेवक ल्याउने र अमेरिकामा चिनियाँ भाषा सिकाउने
|