
चीनमा धेरै नदीहरु छन्। सम्पूर्ण वहाव क्षेत्रमा 1000 वर्ग किलोमिटर भन्दा बढी क्षेत्रफल ओगटेका नदीहरुको संख्या चीनमा 1,500 भन्दा बढी छ। यी नदीहरुलाई समुद्रमा मिसिने र समुद्रमा नमिसिने नदी गरी दुइ भागमा विभाजित गरिएको छ। समुद्रमा मिसिने नदीहरुको क्षेत्रफल चीनको कूल क्षेत्रफलको 64 प्रतिशत छ। छांग च्यांग नदी, व्हांग ह नदी, है लौं च्यांग नदी, च च्यां नदी, ल्याउ ह नदी, हाई ह नदी, व्हा ह नदीहरु पूर्वतर्फ बगेर गै प्रशान्त महासागरमा मिसिएको छन्। तिब्बतको यालुचांबु नदी पूर्वतर्फ बगेर विदेशमा गएर भारतीय महासागरमा मिसिएको छ। यो नदीको लम्बाई 504.6 किलोमिटर भएको विश्वको सबैभन्दा ठूलो घाँटी अर्थात यालुचांबु घाँटी बाट बग्दैगएको छ। सिंच्यांगको अरचिच नदी उत्तरतर्फ बगेर गै आर्कटिक महासागरमा मिसिएको छ।
|