
पठार भूमिमा हरित कृषि तथा पशुपालन उद्योग, खानी उद्योग, पर्यटन, तिब्बती चिकित्सा तथा औषधि एवम् जातीय हस्त कलाका वस्तुलगायत पठार भूमिको विशेषता भएका उद्योगहरुले तिब्बतको अर्थतन्त्रलाई विकासको अवस्थामा फड्को मारेर अघि बढाइरहेको जनाइएको छ।
सम्बन्धित विभागबाट प्राप्त समाचारअनुसार, बितेका पाँच वर्षको अवधिमा तिब्बत स्वायत्त प्रदेशले विशेषतायुक्त कृषि तथा पशुपालन उद्योग सम्बन्धी एक सय सत्तरीवटा विकास योजना लागू गरेको र तिब्बतमा खानी पदार्थको खोजी कार्यमा पनि ठूलो उपलब्धि हासिल गरेको बताइएको छ। गत वर्ष अर्थात सन् 2007मा तिब्बत गएका पर्यटकहरुको कूल संख्या चालिस लाख बीस हजार पुगेको छ। त्यहाँको पर्यटन उद्योगबाट प्राप्त आम्दानीले तिब्बतको कूल गार्हस्थ्य उत्पादित मात्राको चौध प्रतिशत स्थान ओगटेको छ।

तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छ्याङपा पुन्छोकले चालू वर्ष तिब्बतले खानी पदार्थ समूह, तिब्बती औषधि समूह, निर्माण तथा वास्तु सामग्री समूहको गठन गर्नुका साथै तिब्बती मिनिरल वर्ट उद्योगलाई अझ विकसित पारी पर्यटनसम्बन्धी आधारभूत प्रबन्ध तथा सम्बन्धित प्रबन्धको सुधार गर्ने जानकारी दिनुभयो।
|