china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मानविय उद्धार-कार्य चीनको स छुआनको प्रकोपग्रस्त क्षेत्रमा चौतर्फी रुपमा चलाइएको
    (GMT+08:00) 2008-05-26 09:24:34    

            चीनको स छुआनमा गएको प्रलयकारी भूकम्पले गर्दा मानिसहरुका ज्यान र धन-सम्पत्ति ठूलो नोक्सानी भएको देखिन्छ। मृत्य भइसकेका आ-आफ्ना नाताकुटुम्ब र बिगारिएका जन्मथलोका सामु प्रकोपग्रस्त क्षेत्रका नागरिहरुको मनमा अवश्य नै निकारात्मक भावना उठ्न सक्दछन्।

            भूकम्प ग्रस्त क्षेत्रको उद्धार-कार्यमा चीनका स्वास्थ्य विभागहरु र विभिन्न क्षेत्रहरुका सरकारहरु एवम गैर सरकारी संस्था एवम् संगठनहरुले त्यहाँका बासिन्दाहरुलाई मानविय सहायता प्रदान गर्नका लागि ठूलो परिमाणका मानविय उद्धार कर्मीहरुलाई पठाउँदै आएका छन्। मानविय उद्धार-कार्य स छुआनको प्रकोपग्रस्त क्षेत्रहरुमा चलाइरहेको देखिन्छ। अब त्यसबारे एउटा विवरण सुन्नुहोस्-

             पै ठुआन जिल्लामा त्यहाँका बासिन्दाहरुलाई व्यवस्थित पार्ने एउटा केन्द्रमा पत्रकारले पै ठुआन माध्यमिक स्कूलका दुई कक्षका लिए खाइ नाउँको एक जना विद्यार्थीसित भेट्नुभएको छ। त्यसबेला उनले अरु मानिसहरुलाई व्यवस्थित गर्दै आएका स्वयम सेवकहरुलाई मद्दत थिए। बाहिरबाट हेर्दा उनको भावना शान्त छ। तर उनी भर्खरै त्यहाँ जाँदा उनको भावना अहिलेको भावनामा फरक थियो। मानविय उद्धार कर्मी सुन

            छिआङ्गले भन्नुभयो-  

             उ यहाँ भर्खरै आउँदाखेरी उसको मन गोलमाल भयो। सुत्न सक्दैनथ्यो र दिनरातभरि लाटा जस्तै त्यहीं बस्तथ्यो।

              उक्त केन्द्रमा मानविय उद्धार कर्मीले आफ्नो मनमा रहेको कुरा भनोस् भनेर उनलाई फकाउनुभयो र ध्यान दिएर उनले भनेको कुरा सुन्नुभयो। अनि त्यसपछि उद्धार कर्मीहरुलाई आफ्नो भ्याएसम्मको मद्दत गरोस् भनेर उनलाई प्रोत्साहन गर्नुभयो। त्यसको फलस्वरुप केटा लीउ खाइको मन धेरै शान्त भयो। उनी भन्छनः  

             आफ्नो मनमा रहेको कुरा बाहिर ल्याएपछि साँच्चिनै अलि शान्त भयो।

              थाहा भएअनुसार भूकम्प गएपछि मानविय उद्धार-कार्य तत्कालै शुरु भएको छ। स्वास्थ्य विभाग र सेनाहरुबाट पठाइएका उद्धार कर्मीहरुमा विशेष मानविय उद्धार कर्मीहरु छन्। उनीहरुले बाँचिरहेकाहरुलाई बचाउनु र औषधोपचार गर्नुका साथै उनीहरुलाई पनि मानविय उद्धार-कार्य गर्दै आएका छन्।

             त्यसैगरी चिनियाँ मुक्ति सेनाको तेस्रो मेडिकल विश्वविद्यालयका मानसिक रोगका विशेषज्ञ फङ्ग चन चले पत्रकारलाई जानकारी दिंदै बताउनुभयो-  

              वास्तवमा मानविय उद्धार-कार्य चाहिं भग्नावशेषमा गाडीनेवित्तिकै शुरु भइसकेको हो। यसको उद्देष्य चाहिं उनीहरुको बाँच्ने आशालाई बढाउनु हो र उनीहरुको आआफ्नो मनलाई बलियो पार्नु हो।

             अपूर्ण तथ्याङ्क अनुसार हाल कमसेकम पचास हजारभन्दा बढी मानविय उद्धार कर्मीका टोलीहरुले प्रकोपग्रस्त क्षेत्रहरुमा काम गर्दै आएका छन्। त्यसका अतिरिक्त सम्बन्धित एकाइहरुले पनि फोनव्दारा उनीहरुसंग कुराकानी गर्ने र टी भी स्टेशनमा विशेष मानविय उद्धार कार्यको कार्यक्रमहरु पनि संचालन गर्ने गर्दछन् , जसबाट उनीहरुको मनमा रहेको डरलाई हटाउन सकियोस्। त्यसका साथसाथै मानविय उद्धार सम्बन्धी एउटा किताब पनि प्रकोपग्रस्त क्षेत्रहरुमा निशुल्क रुपमा वितरण गरिन्दै छ।

             पैचिङ्ग शिक्षक-शिक्षिका तालिम विश्वविद्यालयका प्रोफेसर युए च्यान जुङ्गले भन्नुभयो-

             मद्दत पाउनु पर्नेहरुमध्ये प्रकोपग्रस्त क्षेत्रहरुका बासिन्दाहरुको अतिरिक्त हामी स्वयम उद्धार कर्मीहरु, सैनिकहरु र डाक्टरहरु पनि समावेश हुनुपर्छ। किनकि उनीहरुको मनमा रहेका दवाव शक्ति पनि ठूलो छ।

             विशेषज्ञको जानकारी अनुसार प्रकोप भएपछिको एक हप्ताभित्र मानिसहरुको मन साधारण हुन्छ। तर सात दिनदेखि तीन महिनासम्मको समयभित्र मानिसहरुले धेरै विचार गरेर नाना किसिमका नकारात्मक भावना उत्पन्न हुन सक्दछ। त्यसैले प्रकोपग्रस्त क्षेत्रहरुमा अनेकौं मानविय उद्धार कर्मी र मानसिक विशेषज्ञहरुको अवश्यकता छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040