
जून एक तारिखदेखि चीनका सबै सुपर मार्केट, डिपार्टमेन्टल स्टोर्स, कृषि कारोबार बजार आदि पसलहरुले निःशुल्क प्लाष्टिकका झोला उपलव्ध गराउने छैनन। "प्लाष्टिकको प्रयोगमा निषेध" सम्बन्धी कुराले विदेशी जनमतको ध्यान तानेको छ।
बि बि सीले "चीनले सामान किन्ने निःशुल्क झोलालाई नमस्ते भनेको छ" शीर्षकमा उल्लेख गरेको छ- चीनले यसो गर्नुको उद्देश्य मानिसहरुको सामान किन्ने बानीलाई बदलेर प्लाष्टिकबाट हुने फोहर घटाउनु साथै यसबाट उत्पन्न भएको "श्वेत प्रदूषण"लाई न्यून गर्नु, ऊर्जा श्रोतको किफायत गर्नु र वातावरणमा सुधार गर्नु हो।
राइटर्सको लेखमा पैचिंग आदि ठाउँहरुका उपभोक्ताहरुले सरकारको उक्त कारवाईको समर्थन गरेका छन। यसबाट चिनियाँहरु प्लाष्टिकका झोलाको प्रयोगबाट वातावरणमा हुनगएको नोक्सानीप्रति दिन प्रतिदिन जागृत भएको कुरा प्रष्ट भएको छ।
|