
चीनका विभिन्न ठाउँहरुले भूइंचालो प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई आफूकहां पढ्न निम्त्याउन सक्रियता देखाएका छन।
प्राप्त जानकारी अनुसार हालसम्म छोंग छिंग शहर, च्याँग सु प्रान्त, क्वाँग सी च्वाँग जातीय स्वायत्त प्रदेश, आन व्है प्रान्त र शान तोंग प्रान्तले आफूकहाँ पाँच करोड दश लाखभन्दा बढी विद्यार्थीहरुलाई भित्र्याएका छन।
नराम्ररी प्रकोपग्रस्त भएको स्वयं स् छुआन प्रान्तले पनि पाल विद्यालयको निर्माण कार्यलाई गतिशील तुल्याउने र विभिन्न माध्यमिक र प्राथमिक विद्यालयका विद्यार्थीहरुको संख्यालाई बढाउने जस्ता कदममार्फत प्रकोप प्रभावित क्षेत्रका बढीभन्दा बढी विद्यार्थीहरुलाई यथाशक्य चाँडै क्लासमा फर्काउने काम गरिरहेको छ।
|