 जन-दैनिक समाचारपत्रले आज जनाएअनुसार, चीनको राष्ट्रिय आतंकवाद विरोधी शैक्षिक अभ्यास अर्थात थ्येन चिङ्ग"बिन हाइ नं ६"नामक अभ्यास हिजो चीनको उत्तरी क्षेत्रमा रहेको थ्ये चिङ्ग शहरमा आयोजना गरियो।
चीनका प्रहरी मन्त्री मन च्ये चुले उक्त अभ्यासको अवलोकन गर्नुका साथै त्यहाँको ओलम्पिक भवनको सुरक्षासम्बन्धी कार्यको निरीक्षण पनि गर्नुभयो।
सो अवसरमा श्री मन च्ये चुले ओलम्पिक खेलकुदसम्बन्धी सुरक्षा कार्य, विषेशगरी आतंकवादको विरोध गर्ने कार्यलाई राम्रोसँग गर्नु ओलम्पिक खेलकुदको सफलताका साथ आयोजना गर्ने महत्वपूर्ण आधार रहेको विचार व्यक्त गर्नुभयो।
|