
रंगी-विरंगी ताजा फूल ,उत्साहपूर्ण नाराहरु र शहर क्षेत्रमा फैलिएका स्वयं सेवक स्टेशनहरु आदि , पैचिंग ओलिम्पिक खेलकुद नजिकिंदै आएको बेला पैचिंगको सडक टोलीमा ओलिम्पिक खेलकुदको असल वातावरणले भरिपूर्ण रहेको देखिन्छ ।
थिआन् मन चोकमा फूलै फूलले मन्चको शोभा बढाईएकोब छ। पूर्वानुमान्अनुसार दश लाख गमलामा फूलहरु राखिँदैछन् जसबाट "चिनियां छाप , नाचिरहेको पैचिंग" मुख्य विषयको फूलको समुद्र बनेको छ । पैचिंग ओलिम्पिक खेलकुदको अवधिमा थि आन् मन् चोक र पैचिंगका मुख्य सडकका छेउछाउमा एक करोड पचास लाख गमला-फूलहरुले सजिसजाउ गरिने छ ।
एक एक स्वयं-सेवक स्टेशन पैचिंगको सडकमा देखा परेक छन् । पूर्वानुमान्अनुसार कूल चार लाखजना स्वयंसेवकहरुले चिनियां र विदेशी पर्यटकहरु , पत्रकारहरु र शहरवासीहरुका लागि सेवा गर्नेछन्। ओलिम्पिक खेलकुदसम्बन्धी व्यावसायिक अन्य व्यक्तिगत प्रश्नको जवाफ उनीहरुले दिनेछन् ।
|