
आज पच्चीस तारिख राति शन चाउ 7 नामको मानववाहक अन्तरिक्ष यानले तीन जना यात्रीहरुलाई बोक्दै चीनको उत्तर पश्चिम क्षेत्रमा पर्ने च्यौ छ्युआन उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण भई निर्धारित कक्षमा प्रवेश गरेको छ। त्यसले चीनको तेस्रो पटक यात्रीवाहक अन्तरिक्षतिर जाने कार्य गर्दैछ।
त्यसको मुख्य कार्य चिनियाँ अन्तरिक्ष यात्रीहरुले पहिलो पटक त्यसबाट निस्केर वायु मण्डलमा केही गतिविधिहरु गर्नेछन्। उनीहरुले त्यसबाट निस्केर अन्तरिक्षमा गतिविधि चलाउनेसम्बन्धी प्रविधि प्राप्त गर्नुका साथै उपग्रहसित उड्ने, उपग्रहसित सम्बन्धी अँक आदि वायु मण्डलमा रहने शास्त्र र प्रविधिको परीक्षण गर्ने योजना छ। निर्धारित योजनाका अनुसार उक्त यान नौ बजेर एकतीस मिनेट जांदा तीन सय त्रिचालीस किलोमिटर उचाइबाट परिक्रमा गरेको छ।
|