
चीनको वाणिज्य मन्त्रालयले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार, गत सेप्टेम्बर उन्नान्तीसदेखि अक्टोबर पाँच तारिखसम्म अर्थात चीनमा अक्टोबर एकदेखिको सुनौलो हप्ताको अवधिमा चीनमा बेचिएको उपभोग्य वस्तुको कूल रकम चार खर्ब बीस अर्ब चिनियाँ युआन बराबर भएको छ र यो संख्या गत वर्षको सोही अवधिको तुलनामा एक्कतीस प्रतिशतले बृद्धि भएको हो।
प्राप्त तथ्याङ्क वमोजिम, उक्त अवधिमा चीनका विभिन्न ठाँउको बजारमा अन्नपात, तेल, मासु र अण्डा तथा सागसब्जीको आपूर्ति यथेष्ठ भएको र अन्नपातको दाम पनि स्थिर भएको छ।
|