
श्रोताहरु,यो छिंगहाई-तिब्बत रेल-मार्गको गुणगान गीत चिनियाँ प्रसिद्ध गायिका हान हुङ्गबाट गाइएको हो। हामीलाई सबै थाहा छ:यो चीनको भित्री भागदेखि तिब्बत स्वायत्त प्रदेशतर्फ जाने पहिलो रेल-मार्ग हुनुका साथै विश्वको सबैभन्दा अग्लो स्थानमा पर्ने रेल-मार्ग पनि हो।

विहान सबेरै म घाँसको मैदानमा उभिरहेको छु।
त्यो पवित्र बाज सुर्यको किरण लिएर आकाशमा बादल जस्तै उडिरहेको छ।
जसबाट तिब्वती जनताहरुलाई राम्रो भाग्य दर्शाइएको छ।
त्यो एउटा पवित्र मार्ग हो।
संसारको न्यानोपनलाई तिब्वत क्षेत्रमा ल्याइएको छ।
यसदेखि पहाड अग्लो छैन र मार्ग पनि लामो छैन।
विभिन्न जातिका मानिसहरु मिलेर मनाउनसक्ने छौं।
साँझ म अग्लो ढिस्कोमा उभिरहेको छु।
मैले त्यो निर्माण गरिरहेको रेल मार्ग मेरो घरतर्फ जाने छ।
एउटा पखेटा जस्तै पाहडमा खुट्टा बजारेर हिँडिरहेको छ।
जसबाट पहाडी क्षेत्रलाई शान्त र मिठो जिवन ल्याइएको छ।
त्यो एउटा पवित्र मार्ग हो।
हामीलाई ल्याएर मानव जातिको स्वर्गमा प्रवेश गर्छ।
मदिरा र चिया अझ बढी मिठो हुने छ।
न्यानो गीत सबै क्षेत्रहरुमा पूरा गरेको छ।

गत वर्षको जुलाई एक तारिखका दिन देखि यो रेल-मार्गको सन्चालन शुरु भएपछि अझ बढी यात्रीहरुले चीनको भित्री क्षेत्रबाट तिब्वत स्यायत प्रदेशमा जानुका साथै तिव्वती जनताहरुले विश्वका विभिन्न क्षेत्रहरुमा पनि जानसक्ने भएका छन्। जसले विभिन्न उमेरको इच्छा पूरा भएको छ। यसका साथै उक्त रेल-मार्गले चीन-नेपाल र चीन-भारत बीचको सिमाको सुरक्षाका लागि पनि हित ल्याएको छ। अन्तमा हामीले यो गीतमार्फत छिंगहाई-तिब्बत रेल-मार्गको निर्माण गर्ने सबै श्रमिकाहरुप्रति सम्मान गरेका छौं।
|