 यो चीनको स छ्वान प्रान्तको पश्चिमी भागमा पर्ने आपा तिब्बती जाति र छ्यांग जातीय स्वायत्त प्रिफेक्चरमा पर्ने पर्यटन गर्न लायक रमरणीय सथल च्यु चाइ कौको गुन्गान गर्ने गीत हो।

आकाशबाट निकै नजिक ठाउँमा आँखा पुगेको हुन्छ
यस आँखासित फूलैफूल पूरा भएको जंगलको सपना रहेको छ
यस आँखसित लहर पूरा भएको समुद्रको किरण रहेको छ
कसले स्पष्ट आव्हान गरिरहेको छ?
कसको मुटुले सपना खोजिरहेको छ
ए...पवित्र च्यु चाइ कौ
ए... धरतीको स्वर्ग
तपाईले आँखालाई आराम दिने किरणलाई पहाडमा पूरायनु भएको छ
संसारको सबै मानिसहरुले तपाईलाई हेरेर भावपूर्ण नजर दिएका छन
यो नै...तपाईप्रति दिइएको भावपूर्ण नजर रहेको छ
मबाट निकै टाढा ठाउँमा सधैं सुगन्ध फूल रहेको हुन्छ
तपाईसंग जिवनलाई निरन्तर रुपमा चाहिने सपना रहेको छ
तपाईसंग दीर्घकालदेखि सुख-दुःख रहेको छ
तपाईले पूरा पहाडलाई परी-कथाको विश्व बनाउनु भएको छ
ए... तपाईप्रति दिइएको भावपूर्ण नजर रहेको छ

यहाँको पानीका कारण च्यु चाइ कौ अद्भुत दृश्य छ। पानी च्यु चाइ कौको आत्मा नै हो। च्यु चाइ कौका खोलामा एक सयभन्दा बढी सुन्दर ताल छन। चिनियाँहरुले धरतीको स्वर्ग नाम दिएको च्यु चाइ कौलाई राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन— युनेस्कोले सन् 1992 मा विश्व प्राकृतिक सम्पदा सूचीमा समावेश गरेको छ।श्रोताहरु,तपाईहरुले मौका पाउनु भयो भने च्यु चाइ कौको यात्रा गर्न आउनु हुनेछ भन्ने मेरो आशा रहेको छ।
|