
श्रोताहरु यस गीत चीनको थाइवान प्रान्तका गायिका च्याङ्ग श्वो हानद्बारा गाइएको हो। उक्त गीतको बोलमा निकै मार्मिक अर्थ छ भन्ने कुरा हाम्रो चिनियाँ जनताहरु माझ रहेको छ त्यसैले यस गीतलाई धेरै मन पराउछौं। कठिनाइ पर्दा धेरै मानिसहरुले उक्त गीत सुनेर भरोसा र आशा रख्दै चित्तबुझाएका हुन्छन्।

हरेक पटक
यता उता गरिरहने क्रममा म सबल हुँदैजान्छु
हरेक पटक
म निकै चोट लागे पनि रुन्न
मलाई थाहा छ
मसँग एउटा पखेटा छ
त्यस पखेटाले मलाई उडाएर निराशाबाट आशाको संसारमा पुर्याएको छ
अरु मानिसहरुसँग पनि सुन्दर सूर्य छ भन्ने कुरा म विचार गर्दिन।
म हरेक दिन अस्ताइरहेको सूर्य देख्छु
उक्त अस्ताइरहेको सूर्य पनि परिवर्तन हुन्छ
मलाई थाहा छ
मसँग एउटा नदेखिने पखेटा छ
त्यस पखेटाले मलाई उडाएर आशा दिएको छ
अन्तमा म पूरा भएको सबै सपनाहरु देख्नसक्छु
त्यस बेलामा मद्वारा गाइएको गीत कति सुरिलो हुन्छ
अन्तमा कुनै पनि बाधा सामना गर्न मलाई अप्ठेरी लाग्दैन
हावामा म सकेसम्म टाढा उड्छु
त्यस पखेटाले मेरो सपनालाई लाम्बाएको हुन्छ
म एउटा सपना राख्छु
जसबाट म कल्पना गर्नसक्छु

श्रोता मित्रहरु, हरेक मानिसको जिवन फरक हुन्छ। हरेक मानिसको जिवनको बाटोमा अनेकौं दुःख र सुख रहंदै आएका छन। त्यस दुःख र सुखका सामु हामी निकै खुशी हुनु पनि हुनु हुंदैन न त दुखी । दुःख भेट्दा यस नदेखिने पखेटा नामक गीत सुनेर तपाईले पनि सबै समस्याको समाधान गर्नसक्नु हुन्छ भन्ने कुरा मैले विश्वास लिएको छु।
|