
यस पूर्वी क्षेत्रको मोती नामक गीतले हाम्रो हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्रको गुणागान गरेको छ।यस वर्षको जुलाई एक तारिखका दिन चीन सरकारले हङ्गकङ्गमाथिको आफ्नो सार्वभौमिकतालाई पुनः स्थापना गरेको र चीनको हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्रको औपचारिक रुपमा स्थापना भएको दशौं वार्षिकोत्सव पर्दछ।
नदी पूर्वतर्फ बगिरहेको छ
पूर्वी क्षेत्रको मोती,मेरो माया हो
तपाईको चहकिलो रुप निरन्तर राहिरहेको छ?
चन्द्रमा जस्तै समुद्रतट कति हँसिलो छ
रातिको रँग निकै गाढा र मइन बत्ति कस्तो उज्यालो छ।
पूर्वी क्षेत्रको मोती सारा राति झैं रमाइलो हुन्छ
पूर्वी क्षेत्रको मोतीले कहिलेपनि परिवर्तन नहुने विश्वासलाई रक्षा गरिरहेको छ
समुद्री हावा पाँच हजार वर्षदेखि यता बहंदै आएको छ
हरेक लहरले तपाईको प्रतिष्ठालाई गुणागान गरेको छ
मैले त्यो लहरसँगसँगै तपाईंलाई आर्शिवाद दिएको छु
तपाईले मेरो पहेलो अनुहार नबिर्सनुहोस
नाउ समुद्रतटमा प्रवेश गरिरहेको छ
मैले त्यो प्राचीन समुद्र हेरेको छु।
पूर्वी क्षेत्रको मोतीले मलाई अँगालो हालेको छ
मैले तपाईको चिसो शरिरलाई न्यानो पार्ने छु।
वितेका दश वर्षदेखि यता " एक देश दुइ व्यवस्था", " हङ्गकङ्गबासीद्बारा हङ्गकङ्गको संचालन" र " उच्च स्वशासन" भन्ने कार्यनीतिको हङ्गकङ्गमा सफल कार्यन्वयन भएको छ र हङ्गकङ्गमा समृद्ध र स्थिर स्थिति कायम रहिआएको छ। सन् 1997 को जूलाइ एक तारिखदेखि चीन सरकारले हङ्गकङ्गमाथि पुनः राज्यसत्ता चलाएको हो र हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्रको औपचारिकरुपमा स्थापना भएको हो। विगत दश वर्षदेखि हङ्गकङ्गले ठूला परिवर्तन गर्दै आएको छ। आफू एकजना चिनियाँ भएकोमा निकै आत्मगौरव गरेका हङ्गकङ्गबासीहरुको संख्या झन् झन् बढ्दै आएको कुरा सो विशेषाङ्कमा उल्लेख गरिएको छ। हङ्गकङ्ग चीनमा समाहित भएको दश वर्षभित्र हङ्गकङ्गले एशियाली बैंकींग संकट, भयंकर महामारी सार्स र प्राणघातक पंक्षी रुघा आदिबाट आएको गम्भीर चुनौतीको सामना गर्नुपरेको थियो। तर हङ्गकङ्ग ती परीक्षाबाट खारिएर उत्तीर्ण भएको छ र हाल हङ्गकङ्गको अर्थतन्त्र विगत बीस वर्षदेखियताको सबैभन्दा अनुकूल अवधिमा रहेको छ।
|