china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ड्रागन बोट चाड 2
    (GMT+08:00) 2009-06-01 19:49:03    

          म चीनमा मनाइने विविध चाडपर्बहरूमध्ये ड्रागन बोट चाडका बारेमा मैले देखेका र अनुभव गरेका कुराहरूका बारेमा केही बताउन जाँदैछु।चीनका परम्परागत उत्सबहरु त धेरै नै छन्।चीन देश जसरी क्षेत्रफलको हिसाबले विशाल छ त्यसरी नै परम्परा र संस्कृतिमा पनि त्यत्तिकै विशाल र धनी छ भन्न सकिन्छ।

          आधुनिकताको चरम उत्कर्षमा पुगेको चीन परम्परा र संस्कृतिलाई पनि आफ्नो जीवनको एक पाटो ठानेर यसको हर तरहले संरक्षण गर्नु चिनियाँहरूको मूल विशेषता बनेको छ। पाँचहजार बर्षभन्दा पनि पुरानो चालचलन र परम्परालाई आत्मसात गर्दै संस्कृतिलाई जगेर्ना गर्न चीन सक्षम देखिन्छ।चीनमा मनाइने चाडपर्ब र उत्सबहरूमा लालटिन उत्सब , विशुद्ध उज्यालो दिन, ड्रागन बोट उत्सब, मध्य शरद ऋतु उत्सब तथा दोहोरो नौ उत्सब पर्दछन्।चीनका अल्पसंख्यक जातिहरूले पनि आफ्ना परम्परागत उत्सब कायमै राखेका छन्।तिनमा ताड जातिका तानु वा विगत कहिल्यै नबिर्स उत्सब, पाइ जनताका तेस्रो महिना मेला, तिब्बती जनताको तिब्बती नयाँवर्ष अनि ओङ घोर वा राम्रो फलको आशा उत्सब तथा म्याओ जातिका जनताको उफ्रने फूल उत्सब पर्दछन्। तर म आज चीनमा मनाउने गरिएको ड्रागन बोट चाडका बारेमा म केही चर्चा गर्न जाँदैछु।

          यस चाडलाई चिनियाँ भाषामा त्वान उ चे भन्ने गरिन्छ।यो पर्व चिनियाँ पात्रोअनुसार पाचौँ महिनाको पाचौँ दिनमा पर्छ ।यस पालाको त्वान उ चे चाहिँ मे महिनाको 28 तारिखमा पर्ने भएको छ। यो पर्व चीनमा धेरै पहिलेदेखि नै मनाइने गरिएको छ। ड्रागन बोट फेस्टिभललाई नेपाली भाषामा ड्रागन नौका पर्वका रुपमा लिन सकिन्छ।चीनमा मनाइने विभिन्न चाडपर्बहरूमध्ये यो ड्रागन नौका पर्ब पनि निकै महत्वपूर्ण पर्व हो चिनियाँ ।यो पर्ब चीनका प्रसिद्ध कवि छु युआनको स्मृतिमा मनाउने गरिएको हो भन्ने भनाइ रहेको पाइन्छ।ती कवि वास्तवमा एक कवि मात्र नभएर चिनियाँ संस्कृतिविँद र देशभक्त पनि थिए भन्ने भनाइ रहेको छ। यस पर्वलाई ड्रागनसंग पनि दाँजेर हेर्ने गरिएको देखिन्छ।ड्रागन भनेको एउटा वन्यजन्तु हो जुन हेर्दैमा निकै लामो आकारमा हुन्छ।यस पर्वमा ड्रागनकै आकारको नौका वा नाउ चलाउने प्रतिस्पर्धा पनि हुने हुनाले यो पर्वलाई ड्रागन नौका पर्व भनिन्छ भन्न सकिन्छ।यो पर्व चीनका सबै जनताले एकदमै हर्षोल्लासपूर्वक मनाउने गर्दछन्। त्यति मात्र नभएर यो पर्ब विदेशमा रहेका चिनियाँ प्रवासीहरूले पनि उत्तिकै चाख लिएर मनाउने गर्दछन्।यस चाडका मुख्य रुपमा दुईवटा विशेषता रहेका देखिन्छन्।एउटा त ड्रागन नौका दौड प्रतियोगिताको आयोजना हुनु हो भने अर्को चाहिँ एक प्रकारको मीठाइ सबैले मिलेर खानु हो।त्यस खानेकुरालाई चङ ज भनिन्छ चिनियाँ भाषामा। यी दुबै कुराहरू वा विषयवस्तुहरू ड्रागनसँग संबन्धित् रहेका छन् भन्न सकिन्छ।चङ ज नामक यस मीठाईमा गुलियोका अतिरिक्त अन्य विविध पौष्टिक कुराहरू समावेश गरिएका हुन्छन्।मुख्यतः पातमा पोको पारेर बनाइने यस खानामा भात तथा मासुका अंश पनि रहेका हुन्छन्। यस चाडका दिन चिनियाँहरूले यो खाना खाने प्रचलन रहेको छ।वास्तवमा चिनियाँ परम्पराअनुसार पात्रोको पाचौँ महिना प्रेत पिशाच महिना मानिन्छ।त्यसमा पनि उक्त पाचौँ महिनाको पाचौँ दिन त अझ व्यापक रुपमा अशुभ दिन मानिन्छ।यस अशुभ दिनलाई यस पर्बको शक्तिले गर्दा शुभ बनाउने विश्वास जनमानसले गर्ने गरेको छ।

          यस पर्वमा खानेकुराको पनि निकै ठूलो महत्व रहेको छ।यो खानाको नाम चङ ज हो।मैले पैचिङका विभिन्न भूभागमा घुम्दै जाँदा त्यो खाना केराको पातमा पोको पारेर तयार गरिएको मैले देखेँ तर यस अवशरमा खानालाई बाँसको पातमा राखेर पाकाइने गरिएको पनि देखियो।खासगरेर त्यो खाना गिलो र च्यापच्याप लाग्ने प्रकारको र निकै मीठो हुने रहेछ।मैले उक्त खाना खाँदा बाँसको कलिलो पातको झैँ बास्ना आउने गरेको थाहा पाएँ।तर बाँसका ताजा पातहरू पाउन केही गाह्रो पर्न थालेको पनि मैले थाहा पाएँ।उक्त खानामा चामल दाल फलफूलमात्र होइन अन्य गेडागुडी र चिनी तथा नुनको स्वाद पनि त्यस खानामा हुने गर्दछ।खासगरेर भन्ने हो भने त्यो खानाको आकारचाहिँ सानो आकारको बलजस्तै देखिन्छ।विभिन्न स्वाद तथा विविध आकारमा पनि त्यो खाना समावेश गरिएको हुन्छ।गोलो आकारमा बनाइने व्यापक प्रचलन भएपनि हाल चीनमा प्रसिद्ध रुपमा भन्ने हो भने चिभूजाकार र पिरामिडका आकारमा पाइन्छ त्यो चङ ज।खानामा विभिन्न कुराहरू भरिएका हुन्छन्।उदाहरणका लागि मासु अण्डाको पहेँलो भाग गेडागुडी दाल चामल आदि।तर हरेक चङ जका परिकारमा च्यापच्याप लाग्ने गम हुनुचाहिँ अनिवार्य नै हुन्छ भन्न सकिन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040