म चीनको सांस्कृतिक ऐतिहासिक तथा पूरातात्विक अवस्था भित्रको एक अत्यन्त महत्वपूर्ण स्थान् जुन चीनको पैचिङ आउँने हरेकले हेर्न छुटाउन नहुने स्थान जुन अध्यक्ष माओको स्मृति भवन हो जहाँ पुगेर हरेक चिनियाँहरू अध्यक्ष माओप्रति अत्यन्त श्रद्धा रख्छन् भक्तिपूर्वक सम्झन्छन् आजको चर्चा भनेको त्यही स्मृति भवनको हो।आज म उक्त स्मृति भवनलगागत् अध्यक्ष माओका बारेमा केही कुराहरू भन्न जाँदैछु।
चीन आएर कतिले रमणीय स्थलहरुको यात्रा गरे।कसैले ग्रेटवाल पुगेर विश्वको एक आश्चर्य हेर्ने आफ्नो आकांक्षा पूरा गरे भने कतिले पाताचु पुगेर प्रकृतिलाई नजिकैबाट निहाले अनि आँखामा प्रकृतिलाई कैद गरे अनि कतिले त सिल्क मार्केट पुगेर सौदाबाजी गरीगरी आफ्नो किनमेलको धोको पूरा गरे।त्यतिमात्र होईन कतिले त स्वर्गको मन्दिर पुगेर भगवानको प्रार्थना गरे।तर आजको कार्यक्रममा चाहिँ म थ्यान अन मन चोकमा रहेको अध्यक्ष माओको स्मृति भवनको बारेमा श्रोताको ध्यानाकर्षण गर्दैछु।
सन् 1949 अक्टोबर एक तारिखका दिन थि अन मन चोकमा ठूलो जनउत्सबका साथ अध्यक्ष माओ त्से तुङले जनवादी गणतन्त्र चीनको औपचारिक स्थापना भएको घोषणा गर्नुभयो।त्यसपछि जनवादी गणतन्त्र चीनले आफ्नो समाजवादी अर्थतन्त्रको प्रारम्भ गर्यो।यस्तो प्रकारको अर्थतन्त्र लागु गरेर नै चीनले उत्पादनको विकास गर्दै उत्पादनका साधनहरूको सामाजिक सार्वजनिक स्वामित्व स्थापना गर्यो।चीनले आफ्नो औद्योगिकरणका लागि आवश्यक आधारभूत उद्योगहरु त्यसबेलासम्म नभएका हवाइजहाज उत्पादन गाडी ठूला उद्योग लघुयन्त्र शक्ति उत्पादन यन्त्र खानी तथा भौगर्भिक यन्त्र उच्चस्तरीय इस्पात र धातु तथा अन्य धातुहरूसंबन्धी उद्योगको स्थापना तथा विकास गरेको देखिन्छ।यी सबै कुराहरू हुनुको श्रेयको जगमा बसेर काम गर्ने चीनका आधारभूत रूपमा संघर्षशील नेता जो अत्यन्त दूरदर्शी हुनुहुन्थ्यो आजको चर्चा उहाँकै स्मृति भवन जहाँ हरेक चिनियाँ तथा पैचिङ आउने धेरै विदेशीहरूले त्यहाँ पुगेर दिवंगत अध्यक्ष माओलाई सगर्व श्रद्धासूमन चढाउने गर्दछन्।वर्णन गर्न खोजिएको स्थान भनेको त्यही नै हो।
हामी तपाइँ जो पनि माओको स्मृति हल पुगेर अध्यक्ष माओप्रति श्रद्धा व्यक्त गर्न सक्छौँ।थेन अन मन पुगेपछि हामी संसारकै सबैभन्दा ठूलो दरबार स्क्वायर देख्न सक्छौँ।दरबार स्क्वायरको दक्षिणी भागको कुनामा यो हल रहेको छ।यो हलको निर्माणकार्य सन् 1976को नोभेम्बर महिनामा सुरु भएको थियो अनि सन् 1977को मे महिनामा यस भवनको निर्माणकार्य सम्पन्न भएको कुरा त्यहाँस्थित शिलालेखहरू पढेर थाहा पाउन सकिन्छ।यो स्मृति भवनको बनावटलाई निहालेर हेर्ने हो भने यसमा परम्परागत वास्तुशैलीको प्रयोग भएको देखिन्छ र त्यहाँ प्रचीन चिनियाँ कला झल्किएको स्पश्टै देख्न सकिन्छ।
चिनियाँ कम्युनिष्ट पार्टी र राज्यका लागि यो स्मृति भवन एक महत्वपूर्ण स्थान हो।बीसौँ शताब्दीका महान नेता माओ च तुङ हरेक चिनियाँहरुका मुटुका ढुकढुकी बन्न सफल हुनुभएको छ किनकि चीनलाई शत्रुहरूको पञ्जाबाट फुत्काएर महान तथा एक चीन बनाउन उहाँको महत्वपूर्ण स्थान रहेको छ।त्यसैले आजसम्म पनि उहाँको शवलाई क्रिष्टल कफिनमा राखिएको छ जुन हामी जसले पनि हेर्न सक्छौँ।विदेशीहरुको लागि निश्चित परिचयपत्र देखाएर त्यहाँ प्रवेश गर्न सकिन्छ।उक्त स्मृति कक्षमा प्रवेश गर्न कुनै पनि प्रकारको शुल्क तिर्नु पर्दैन।तर साताका सबैदिन त्यो स्मृति हल खुल्दैन ।साथै त्यहाँ जानका लागि दिउँसो बाह्रबजेसम्म प्रवेश गरिसक्नुपर्ने नियम रहेको छ।सेतो मार्बल प्रयोग गरेर बनाइएको उक्त हलमा मार्बलले नै long live the great leader and mentor Mao Ze Dong लेखिएको छ। मेमोरियल हलको दोस्रो तलामा गएर हेर्ने हो भने चीनका 6 महत्वपूर्ण तथा महान नेताहरू माओ च तुङ, चौ एन लाई, लिउ साओ छि, चु त, तेङ स्याओ फिङ तथा छेन युनका क्रान्तिकारी इतिहासमा दस्ताबेजहरू लेखेर राखिएको देखिन्छ।यो हल खुला भएदेखि आलसम्म लाखौँ लाख स्वदेशी तथा विदेशी यात्रुहरूले यस स्मृति भवनको अवलोकन गरिसकेका छन्। साथै उनीहरूले अध्यक्ष माओप्रति सम्मान र हार्दिक श्रद्धान्जलि अर्पण गरिसकेका छन्। यस स्मृति कक्षले मानिसमा भक्ति भावना तथा देशभक्ति अवश्य पनि जगाएको छ। त्यही क्षेत्रमा हरेक दिन बिहान जनवादी गणतन्त्र चीनको राष्ट्रिय पाँचतारे झण्डा उठाइन्छ र हरेक दिन बेलुकी झण्डा झुकाइन्छ। हरेक दिन झण्डा उठाउने र झार्ने एउटा उत्सव नै हुन्छ त्यहाँ। त्यस क्षेत्रमा हरेक दिन हजारौँका संख्यामा चिनियाँ तथा विदेशीहरु आउने गर्दछन्।चिनियाँहरु त्यहाँ गएर आफ्नो देशप्रतिको माया व्यक्त गर्दछन् र आफू चिनियां भएकोमा ठूलो गर्व गर्दछन्। यसरी यो स्थान विश्वकै महत्वपूर्ण स्थानमध्येमा पर्छ।
|