china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सुन्दर लु कु तालको अवलोकनसम्बन्धी दोस्रो भाग
    (GMT+08:00) 2009-06-09 19:27:39    

                  लु कु ताल वरिपरि अग्ला-अग्ला पहाडहरु छन्। एक वर्षका बाह्र महिनामध्ये कम्तिमा तीन महिनासम्म त्यहाँ हिउँ पर्ने गर्दछ। त्यहाँ वन-जङ्गलसंबन्धी स्रोत-साधन प्रशस्त छन्। विभिन्न खनिज तत्वहरु पनि मौजुद छन्। तालका दुवै किनारामा हान जातिबाहेक, मो सो, यी, ना सी, तिब्बती, फु मि, पाई र च्वाङ्गलगायत् अन्य सातवटा अल्पसंख्यक जाति पनि बसोबास गर्दछन्। त्यहाँको कूल जनसंख्या तेह्र हजार जति छ। तीमध्ये मो सो जातिको जनसंख्या झण्डै छ हजार पुगेको छ।

                  लु कु तालको पठार भूमिमा रहेको तालको विशेषतायुक्त प्राकृतिक दृश्य र मो सो जातिको मातृसत्ताको मनोरञ्जनात्मक संस्कृतिले गर्दा यो विश्वमा निकै प्रसिद्ध बनिसकेको छ। स छ्वान प्रान्तले सन् 1993मा लु कु ताललाई प्रान्तीय पर्यटकीय स्थलको सूचीमा समावेश गरिसकेको छ।

                 क्वाङ्ग तुङ्ग प्रान्तबाट आएकी एकजना पर्यटक सुश्री ह यु होङ्गले लु कु तालको सुन्दर दृश्यको उच्च मूल्याङ्कन गर्दै भन्छिन्: यहाँको दृश्य निकै राम्रो छ मलाई लाग्छ। विशेषगरी यहाँको ताल ज्यादै स्वच्छ र सफा छ। म र मेरा साथीहरुले तालको किनारमा बसेर खुशीसँग सुन्दर दृश्यको अवलोकन गरेका छौं।

                 लु कु ताल पुगेपछि स्वच्छ पानी र नीलो आकाशबीच कुनै सीमा पनि नरहेको अनुभव प्रत्येक पर्यटकले गर्ने गर्दछन्। त्यहाँ एउटा टापु सबैभन्दा प्रसिद्ध छ जुन है वा ऊ टापु हो। उक्त टापु तालको किनारबाट दुई हजार पाँच सय मिटर टाढामा रहेको छ। त्यस टापुमा वर्षैभरि हरियालीले ढाकिने हुनाले चराहरु बसोबास गर्ने उपयुक्त ठाउँ बनिसकेको छ।

                    लु कु तालको पठार भूमिमा रहेको तालको विशेषतायुक्त प्राकृतिक दृश्य र मो सो जातिको मातृसत्ताको मनोरञ्जनात्मक संस्कृति भएकाले विश्वका विभिन्न ठाउँका थुप्रै पर्यटकहरुलाई यस तालले आकर्षण गर्ने गर्दछ। पर्यटन व्यवसायको विकासको क्रममा देखापरेका वातावरणीय प्रदूषण समस्याको समाधान गर्नका लागि बितेका चार/पाँच वर्षयता युन नान प्रान्तीय सरकारले लु कु ताल वरिपरिको क्षेत्रमा विशेषत: वातावरणीय संरक्षण कार्य गर्दैआएको छ। विभिन्न प्रभावकारी कदममार्फत लु कु ताल तथा वरिपरिको वातावरण विशेषगरी पर्यावरणमा निकै सुधार हुँदैआएको देखिन्छ। अठार वर्ष उमेरका मो सो जातिका एक युवक लु चु लु कु तालकै छेउमा जन्मेका हुन्। माध्यमिक विद्यालयबाट स्नातक भएपछि उनी लु कु तालमा पर्यटकका लागि डुङ्गा चलाउने गर्दछन्। उनी यसरी भन्छन्:

                   पर्यटन विकासका क्रममा अपरिहार्य रुपमा केही प्रदुषण पनि आउन सक्छ। यसैले हामी काम गर्ने बेलामा डुङ्गामा बसेका पर्यटकलाई फोहर वस्तु नफाल्न सुझाव दिने गर्दछौं। हामी आफूले पनि राम्रो बानी कायम राख्नुपर्छ। लु कु तालको संरक्षण गर्नु नै हाम्रो कर्तब्य हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040