china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    प्यारी बेबी
    (GMT+08:00) 2009-06-10 19:16:45    

         जून महिना एक तारिख अन्तर्राष्ट्रिय बालदिवस हो। कार्यक्रमबाट सबै बाल-बालिका, विशेष गरी हाम्रा प्रिय बाल श्रोताहरुलाई शुभकामना दिन्छु।

           अधिकांश मानिसका लागि बाल्यकाल नै आफ्नो जीवनको सबैभन्दा सुखी बेला हो। किनकि त्यस बेलामा हरेकले खुसी र शान्त जीवन बिताएको हुन्छ। त्यति बेला हामी सबैले वुवा-आमाबाट पूरा माया तथा ममता    पाएका हुन्छौं।

          यस पटकको कार्यक्रममा मैले "प्यारी बेबी" नामक गीतको बारेमा चर्चा गर्छु।

          यो गीत चिनियाँ थाइवानेली प्रसिद्ध गायक चौ ह्वा चेले आफ्नी छोरीका लागि लेख्नुभएको एउटा गीत हो। यस गीतमा एकजना वुवाले आफ्नी छोरीलाई दिएको हार्दिक माया देखाइएको छ।

          उहाँले यस्तो भन्नुभयो-

    प्यारी बेबी

    म अग्ला पहाड पार गरेर

    न्यानो सूर्यलाई खोज्छु। अनि शीतल चन्द्रमालाई खोज्छु।

    प्यारी बेबी

    म विशाल समुद्र पार गरेर

    सप्तरंगी इन्द्रेणीलाई खोज्छु।

    चम्किला ताराहरू खोज्छु।

    म राति –आकाशमा पुगेर ती ताराहरू टिपेर तिमीलाई दिन्छु।

    म आफ्नो हातले चन्द्रमा भेट्टाएर त्यहाँ तिम्रो प्यारो नाम लेख्छु।

    अन्त्यमा सुरक्षित रुपमा घर फर्केर तिमीलाई सबै कुरा भन्छु।

    मैले विश्वको अन्तिम भागसम्म पुगेर राम्रा केटा-केटी खोजेर

    उनीहरूलाई तिम्रो नाम अवगत गराउछु।

    अन्त्यमा सुरक्षित रुपमा घर फर्केर तिमिलाई सबै कुरा भन्छु।

          यो गीत सुन्नेर कस्तो लाग्यो? यो एक जना वुवाले आफ्नी प्यारी छोरीका लागि सिर्जना गरेको एक सुन्दर सपना हो। हरेक छोरा छोरीहरूले यो गीत सुन्नेर आफ्ना वुवा-आमाको मायालाई बुझ्ने विश्वास मैले गरेकी छु।

          प्रिय बाल-बालिका साथीहरु, आफ्ना वुबा-आमाको मायामा खुशी र सुखी जीवन विताउनुहोस् है।

    हवस् त हामी यो गीत फेरि एक पटक सुनौँ ल।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040