china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अध्यक्ष माओको स्मृति भवन 2
    (GMT+08:00) 2009-06-15 17:50:53    

          चीन आएर कतिले रमणीय स्थलहरुको यात्रा गरे।कसैले ग्रेटवाल पुगेर विश्वका सातमध्ये एक आश्चर्य हेरिसके। अनि कतिले पाताचु पुगेर प्रकृतिलाई नजिकैबाट निहाले अनि आँखामा प्रकृतिलाई कैद गरे होला त्यतिमात्र होइन कि कतिले पैचिङको बोटानिकल गार्डेन पुगेर आँखाभरि आफ्ना भावनाहरू भरे होलान् अनि कतिले त ग्रिस्म दरबार पुगेर प्रचीन दरबारको अवलोकन गर्दैगर्दै डुङ्गा सयर गर्दै आफ्ना पाइलाहरू अघि बढाए होला।अनि कतिले त युगान्लीको सिल्क मार्केट पुगेर सौदाबाजी गरीगरी मनपर्ने सामानहरू आफ्नो इच्छाअनुसार खरिद गरेहोला। त्यतिमात्र होईन कतिले त स्वर्गको मन्दिर वा थेन थान पुगेर भगवानको प्रार्थना अनि पूजा आराधना गरे होलान्।तर आजको कार्यक्रममा चाहिँ म थ्यान अन मन चोकमा रहेको अध्यक्ष माओको स्मृति भवनको बारेमा श्रोताको ध्यान खिच्ने प्रयत्न गर्दैछु।

          अध्यक्ष माओको जन्म सन् 1893 डिसेम्बर 26 मा भएको हो। चीनको हु नान प्रान्तको स्याङथान काउन्टीमा उहाँको जन्म भयो।युवाअवस्थादेखि नै अत्यन्त चतुर श्री माओ आफ्नो युवाकालदेखि नै विशाल चीनका जनताको मुक्ति र स्वतन्त्रताका लागि आफ्नो जीवन सुम्पनुभयो। यसरी उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको संस्थापनार्थ आफ्नो जन्मथलो हु नान प्रान्तबाट प्रतिनिधि भई काँग्रेसको पहिलो राष्ट्रिय अधिवेशनमा भाग लिनु भएको थियो। काँग्रेसको पहिलो अधिवेशन सन् 1921 को जूलाइमा भएको थियो। उक्त अधिवेशन चीनको शाङहाइ शहरमा आयोजना भएको थियो। सन् 1949 अक्टोबर एक तारिखका दिन थि अन मन चोकमा ठूलो जनउत्सबका साथ अध्यक्ष माओ त्से तुङले जनवादी गणतन्त्र चीनको ‌‌औपचारिक स्थापना भएको घोषणा गर्नुभयो।त्यसपछि जनवादी गणतन्त्र चीनले आफ्नो समाजवादी अर्थतन्त्रको प्रारम्भ गर्‍यो।यस्तो प्रकारको अर्थतन्त्र लागु गरेर नै चीनले उत्पादनको विकास गर्दै उत्पादनका साधनहरूको सामाजिक सार्वजनिक स्वामित्व स्थापना गर्‍यो।चीनले आफ्नो ‌औद्योगिकरणका लागि आवश्यक आधारभूत उद्योगहरु त्यसबेलासम्म नभएका हवाइजहाज उत्पादन गाडी ठूला उद्योग लघुयन्त्र शक्ति उत्पादन यन्त्र खानी तथा भौगर्भिक यन्त्र उच्चस्तरीय इस्पात र धातु तथा अन्य धातुहरूसंबन्धी उद्योगको स्थापना तथा विकास गरेको देखिन्छ।यी सबै कुराहरू हुनुको श्रेयको जगमा बसेर काम गर्ने चीनका आधारभूत रूपमा संघर्षशील नेता जो अत्यन्त दूरदर्शी हुनुहुन्थ्यो आजको चर्चा उहाँकै स्मृति भवन जहाँ हरेक चिनियाँ तथा पैचिङ आउने धेरै विदेशीहरूले त्यहाँ पुगेर दिवंगत अध्यक्ष माओलाई सगर्व श्रद्धासूमन चढाउने गर्दछन्।वर्णन गर्न खोजिएको स्थान भनेको त्यही नै हो।

          हामी तपाइँ जो पनि माओको स्मृति हल पुगेर अध्यक्ष माओप्रति श्रद्धा व्यक्त गर्न सक्छौँ।थेन अन मन पुगेपछि हामी संसारकै सबैभन्दा ठूलो दरबार स्क्वायर देख्न सक्छौँ।दरबार स्क्वायरको दक्षिणी भागको कुनामा यो हल रहेको छ।यो हलको निर्माणकार्य सन् 1976को नोभेम्बर महिनामा सुरु भएको थियो अनि सन् 1977को मे महिनामा यस भवनको निर्माणकार्य सम्पन्न भएको कुरा त्यहाँस्थित शिलालेखहरू पढेर थाहा पाउन सकिन्छ।यो स्मृति भवनको बनावटलाई निहालेर हेर्ने हो भने यसमा परम्परागत वास्तुशैलीको प्रयोग भएको देखिन्छ र त्यहाँ प्रचीन चिनियाँ कला झल्किएको स्पश्टै देख्न सकिन्छ। अध्यक्ष माओको स्मृति हल थियान अन मेन दरवार स्क्वायरको दक्षिणी कुनामा रहेको चोङ वा मेन गेटमा पर्दछ।त्यहाँ नजिकै नै चीनका छ जना जननायकहरूका मूर्ति बडो राम्रोसँग सजाएर राखिएको छ। स छ्वान प्रान्तमा उपलब्ध हुने हल्का रातो रङको ग्रेनाइटबाट यो हल सजिसजाउ भएको कुरा यहाँ सबैले नै देख्न सकिन्छ।चीनको प्राचीन कलाकारिता र अन्य कला र संस्कृतिलाई हरेकले नजिकैबाट निहाल्न सक्छन् त्यहाँ।त्यो हल हप्ताका निश्चित् दिनमा सर्वसाधारणका लागि खुल्ने गर्दछन्।त्यहाँ सतप्रतिशत सफेद रङमा माओको सालिक स्थापना गरिएको छ।त्यस सालिकपछाडि चीनमा अवस्थित पहाडी भूभाग र नदीहरूको प्रतिनिधित्व हुने प्रकारका चित्रहरू कुँदेर राखिएका छन्।दक्षिणी दिशाको अन्तिम हलमा अध्यक्ष माओको एउटा कविता राखिएको छ।उक्त कविताको शीर्षक भने कमरेड काओ मोरुलाई उत्तर भन्ने रहेको पाइन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040