
लु कु ताल वरिपरि बसोबास गरेका मो सो जातिले गाएको एउटा लोक गीत ज्यादै सुमधुर छ। सुन्दर लु कु तालको दक्षिण-पश्चिमी भागमा पर्ने युन नान तथा स छ्वान दुवै प्रान्त जोडिने सीमामा अवस्थित छ। त्यस तालको क्षेत्रफल पचास वर्ग किलोमिटरभन्दा बढी छ। युगौं युगदेखि मातृसत्तात्मक समाज त्यहाँ बसोबास गर्दैआएको छ। त्यस मातृसत्तात्माक समाजमा मो सो भन्ने जाति रहेका छन्। त्यहाँको विशेषतायुक्त मो सो जातीय संस्कृति, रमणीय प्राकृतिक दृश्य र मनोरञ्जनात्मक मो सो जातिले देश र विदेशका पर्यटकहरुलाई ज्यादै आकर्षण गर्ने गर्दछ। मो सो जातिको भाषामा "लु"को अर्थ पहाड हो भने "कु"को अर्थ भित्रको भन्ने रहेको छ। यसले गर्दा लु कु तालको अर्थ पहाडमा रहेको ताल हो।

लु कु ताल युन नान प्रान्तमा समुद्र सतहदेखि सबैभन्दा उचाइमा रहेको ताल हो। साथै उक्त ताल चीनका सबभन्दा गहिरा र स्वच्छ पानी भएका तालहरुमध्येको एक पनि हो। तालका दुवै किनारामा हान जाति बाहेक, मो सो, यी, ना सी, तिब्बती, फु मि, पाई र च्वाङ्ग लगायत अन्य सातवटा अल्पसंख्यक जाति पनि बसोबास गर्दछन्। त्यहाँको कूल जनसंख्या तेह्र हजार जति छ। तीमध्ये मो सो जातिको जनसंख्या झण्डै छ हजार पुगेको छ। लु कु तालको पठार भूमिमा रहेको तालको विशेषतायुक्त प्राकृतिक दृश्य र मो सो जातिको मनोरञ्जनात्मक संस्कृतिले गर्दा यो स्थान विश्वमा निकै प्रसिद्ध बनिसकेको छ।

लु कु तालको पानी निकै स्वच्छ छ। यस अतिरिक्त, त्यहाँका टापुहरु पनि ज्यादै रमणीय छन्। लु कु तालमा जम्मा चौधवटा खाडी हुनुका साथै आठवटा टापुहरु छन्। हरियाली वनस्पतिबाट ढाकिएका ती टापुहरु स्वच्छ पानीमा उभिएकाले टाढाबाट हेर्दा एकेकवटा हरिया जहाज जस्तै देखिन्छन्। ती टापुहरुमध्ये है वाल टापु, लि ऊ पि टापु र लि क टापु सबैभन्दा प्रसिद्ध छन्। किनकि ती टापुमा रहेका प्राकृतिक दृश्य एकदमै रमणीय छन्। वर्षभरि नै हरियाली वनले ढाकिएका ती टापुहरुमा रङ्गीचङ्गी फूलहरु फुलिरहेका छन्। यसैले ती तीनवटा टापुलाई पर्यटकका लागि लु कु तालमा दृश्यावलोकन गर्नलायक पर्यटकीय स्थलहरु मानिन्छ।
मो सो जातिका युवा-युवतीहरुले सुन्दर जातीय पोशाक लगाएर राँको बालेर हर्षोल्लाससँग नाचगान गरिरहेका छन्।
हालसम्म मो सो जातिले मातृसत्ताको परम्परालाई कायम राख्दैआएको छ। मो सो जातिका परिवारमा घरकी बज्यैलाई सबैभन्दा उत्कृष्ठ र उच्च व्यक्ति मानिन्छ। यसैले प्रत्येक आबास-भवनमा बज्यै वा हजुरआमा बस्ने बेग्लै कोठा तयारी गरिन्छ। उक्त कोठा निकै सफा र ठूलो हुन्छ। साथै त्यो कोठा परिवारका सबै सदस्यहरु छलफल गर्ने, कुराकानी गर्ने अझ विशेषगरी मनोरञ्जन गर्ने ठाउँ नै हो।
|