china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दुईवटा बाघ
    (GMT+08:00) 2009-06-17 19:50:30    

          जून महिना एक तारिख अन्तर्राष्ट्रिय बालदिवसको शुभकामना दिनका लागि यस महिना मैले विशेष गरी बाल श्रोताहरुलाई अनेकौं खुशीयाली बाल-गीत प्रसारण गर्नेछु। बाल-गीतका पात्र सधैं नै पशुपंक्षी रहेका छन्। त्यसैले ती बाल-गीत सुन्नमा मीठा अनि सिक्नमा सजिला छन्।

          चीनमा "दुईवटा बाघ" शीर्षकको बाल-गीत एकदमै प्रसिद्ध छ।

          यस गीतको विषयलाई यसरी प्रस्तुत गर्न सकिन्छ—

    दुईवटा बाघ

    दुईवटा बाघ

    छिटो छिटो कुद्छन्।

    ती दुई बाघमध्ये एउटासँग आँखा छैन

    अनि अर्कोसँग पुच्छर छैन

    कति छक्क लाग्दो।

    दुईवटा बाघ

    दुईवटा बाघ

    छिटो छिटो कुद्छन्।

    त्यसमध्ये एउटासँग आँखा छैन

    अनि अर्कोसँग पुच्छर छैन

    कति छक्क लाग्दो।

          यो गीत हरेक चिनियाँ बाल-बालिकाले गाउँन सक्छन्। उनीहरुलाई यो गीत गाउँदा सधैं खुशी लाग्छ। फ्रान्स र दक्षिण कोरियामा पनि यो गीत छ। त्यसबाट यो गीत निकै प्रसिद्ध छ भनी थाहा पाउन सकिन्छ।

          चीनमा अर्को बाल-गीत पनि रमाइलो र प्रसिद्ध छ। यस गीतको शीर्षक "मूसाले दियोको तेल चोर्छ" भन्ने सबैलाई थाहा छ, विजुली बत्ती नभएको बेलामा मानिसहरुले तेलमा बत्ती बालेर उज्यालो पाउने गर्थे। मूसाले दियोको तेल खान मन पराउँछन्। उनीहरु दियोको तेल चोर्छन्। यस गीतले यहि कुराको चर्चा गरेको छ।

    सानी मूसी दियोमा पुगेर

    तेल चोर्छे।

    तर त्यसबाट तल्ल झर्न सक्दैन्।

    म्याउँ म्याउँ, बिरालो आउँछ।

    मुसी सुइँकुच्चा फुत्त भाग्छे।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040