
लु कु तालमा जम्मा पाँचवटा टापु र तीनवटा प्रायःद्बीप छन्। विभिन्न टापुहरू भिन्ना-भिन्नै आकारका हुन्छन्। ती टापुहरु हरियाली वनस्पतिबाट ढाकिएका छन्। वर्षभरि त्यहाँ रङ्गीचङ्गी फूलहरु फुल्छन्। स्वच्छ तालमा स्थानीय जाति तथा पर्यटकले सैर गरेका डुङ्गाहरु सुन्दर ढंगले रहेका देखिन्छन्। टाढाबाट मो सो जातिले गाएको लोकगीत सुन्दा निकै मीठो सुनिन्छ।
लु कु ताल युन नान प्रान्तमा समुद्र सतहदेखि सबैभन्दा उच्च भागको ताल हो। साथै उक्त ताल चीनका सबभन्दा गहिरा र स्वच्छ पानी भएका तालहरुमध्येको एक पनि हो। टाढाबाट हेर्दा बगिरहेको स्वच्छ पानी र नीलो आकाश मिल्दोजुल्दो देखिनाले त्यहाँ एउटा ज्यादै सुन्दर चित्र बनेकोजस्तो अनुभव हुन्छ। त्यहाँका केही टापुमा तिब्बती बौद्ध गुम्बाहरु पनि छन्। वर्षभरि तिब्बती बौद्ध धर्म मान्ने मो सो जातिका बासिन्दाहरु समय समयमा ती गुम्बामा गएर भक्तिपूर्वक पूजा-आजा गर्ने गर्दछन्।

बितेका केही वर्षयता बाह्य संस्कृतिको असर परेकाले मो सो जातिका विशेषतायुक्त "बज्यै कोठा" झन् झन् घट्दैआएको छ। साथै मतृसत्तात्मक संस्कृति अर्थात् विशेषतायुक्त मो सो जातीय संस्कृति पनि क्रमश: निराश हुदैगएको देखिन्छ। मो सो जातीय संस्कृतिको संरक्षण गर्नका लागि स्थानीय सरकारले विभिन्न विभागहरुलाई बोलाएर अनेकन् सक्रिय कदम चालिसकेको छ।
स्थानीय सरकारले "बज्यै कोठा" को निर्माण गर्न, परम्परागत वास्तु-शैलीलाई कायम राख्न र युगौं युगदेखि चल्दैआएको जातीय रीतिरिवाजलाई कायम राख्न स्थानीय बासिन्दाहरुलाई प्रोत्साहित गर्ने गरेको छ। लु कु तालको व्यवस्थापन समितिका प्रमुख यु लि च्युनले यसबारे जानकारी दिंदै भन्नुभयो:
मो सो जातीय संस्कृति विश्वमा रहेको साट्न नसकिने एक किसिमको विशेषतायुक्त संस्कृति हो। मो सो जातिको ठूलो परिवार मो सो मातृसत्ताको केन्द्रीय विषय नै हो। मो सो जातीय संस्कृतिको संरक्षणका लागि सर्वप्रथम मो सो जातिको विशेषतायुक्त वास्तु-शैलीलाई कायम राख्नुपर्छ। भौतिक वस्तुको संरक्षण गरेपछि मात्र मानसिक संस्कृतिको राम्रोसँग संरक्षण गर्न सकिन्छ। एक किसिमको संस्कृतिको आधार र केन्द्रीय विषय नभएमा त्यसको प्राण लामो समयसम्म चल्न सक्दैन।

श्री यु लि च्युनले भन्नुभएझैं रमणीय प्राकृतिक दृश्यलाई सधैं नै कायम राख्नका लागि तत्स्थानको पर्यावरणीय वातावरणको पनि सशक्त कदमले संरक्षण गर्नुपर्छ। समय मिलेको खण्डमा तपाईं पनि लु कु ताल गएर त्यहाँको रमणीय प्राकृतिक दृश्यको अवलोकन र मो सो जातिको विशेषतायुक्त संस्कृतिको अनुभव गर्नहुने मेरो आशा छ।
|