china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    परिश्रम र मेहनत नै सबैभन्दा गौरव लाग्दो कुरा
    (GMT+08:00) 2009-06-24 18:22:25    

          जून महिना एक तारिख अन्तर्राष्ट्रिय बालदिवसको शुभकामना दिनका लागि यस महिना मैले विशेष गरी बाल श्रोताहरुलाई अनेकौं खुशीयाली बाल-गीत प्रसारण गर्नेछु।

          गत कार्यक्रममा मैले केही सुन्नमा मीठा अनि सिक्नमा सजिला तथा रमाइला बाल-गीत प्रसारण गर्छु। तर बाल-गीतको विषय रमाइलो र खुशीयाली मात्र होइन धेरै बाल-गीतले बाल-बालिकाहरुलाई राम्रो गुण सिकाएको पनि छ। यी गीत गाउँदा गाउँदै कुन कुरा ठीक र कुन बेठीक भन्ने कुरा बाल-बालिकाहरुलाई थाहा हुनेछ।

          यस पटकको संगीत कार्यक्रममा मैले "परिश्रम र मेहनत नै सबैभन्दा गौरव लाग्दो कुरा" शीर्षकको गीतबारे जानकारी दिनेछु।

    सूर्यको प्रकाश धेरै उज्यालो छ।

    बिहानै कुखुराको भाले बास्छ।

    चराहरू कराउँदै उठछन्।

    चरा व्यस्त हुन्छन् आफ्नो नयाँ घरको निर्माण गर्न

    मौरीहरू व्यस्त भएर मह एकत्रित गर्दै छन्।

    सुखी जीवन कहाँबाट पाउन सकिन्छ?

    परिश्रम गर्नुपर्छ।

    हरियो पात र लालुपाते फूलमा पुतली खेल्दै छे

    मेहनत नगर्ने र नपढ्ने बानी नगरौं।

    चरा व्यस्त भएर घरको निर्माण गरेकाले ऊसँग सिक्नुपर्छ

    मौरी व्यस्त भएर मह एकत्र गरेकाले ऊसँग सिक्नुपर्छ।

    परिश्रमभित्रको मजा स्पष्ट रुपमा व्यक्त गर्न सकिँदैन

    किनकि परिश्रम सबैभन्दा गौरवको कुरा हो।

          यो गीत चीनमा एउटा "सानो बिरालो माझी " नामक कार्टुन टेलिभिजन कार्यक्रममा प्रसारण गरिएको मुख्य गीत हो।

          यस कार्यक्रम र गीतले बाल-बालिकाहरुलाई मेहनती बन्नुपर्ने कुरा सिकाएको छ।

          चीनमा यस्ता शिक्षासम्बन्धी गीत धेरै छन्। यदि तपाईँहरुले मन पराउनुभए म अझ बढी चर्चा गर्नेछु।

          नेपालमा मीठा र खुशीयाली बाल-गीत पनि धेरै भएको विश्वास मैले गरेकी छु। तपाईंहरु चिठी वा इ-मेलद्बछारा मलाई अवगत गराउनुहोस्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040